सोमबार ७ भाद्र, २०७२
अर्जुन ओली
नेपालगन्ज–प्रहरीको खोजीमा रहेका नेपालगन्जका 'डन' रिगल ढकाल अदालतमा आफैं हाजिर भएका छन्। नेपालगन्ज–८ निवासी चेतन मानन्धरको हत्या अभियोगमा उनी एक महिनादेखि फरार थिए।
घटनामा रिगलको मुख्य संलग्नता रहेको जिकिर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । घटना लगत्तै फरार रहेका उनी सोमबार बिहान साढे १० बजे बाँके जिल्ला अदालतमा पुगेर आफैं हाजिर भएका हुन् । अदालतका श्रेस्तेदार दण्डपाणी लामिछानेले मुख्य अभियुक्त रिगल आफैं आएर अदालतमा बयान दिइरहेको बताए । 'उनी अदालतमा आफैं उपस्थित भएका छन,' लामिछानेले भने 'अहिले मुख्य श्रीमानज्यूको एक नम्बर बेन्चमा बयान लिने क्रम जारी छ ।' न्यायधीश विष्णुप्रसाद कोइरालाले बयान लिइरहेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटीले पनि रिगल आफैं आएर अदालतमा बयान दिइरहेको स्वीकार गरे । 'रिगल अदालतमा आफै उपस्थित भएको जानकारी आएको छ, हाम्रो प्रहरी पनि त्यहाँ पुगिसकेको छ,' उनले भने ।
चेतन हत्याको अभियोगमा यसअघि पक्राउ परेका ११ जना रिगलका सहयोगीलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेकोमा बाँके जिल्ला अदालतले केही समय अगाडी पुर्पक्षका लागि कारागार चलान गरेको थियो । काँग्रेस निकट तरुण दल क्षेत्र नम्बर ३ का अध्यक्ष समेत रहेका रिगल लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहदै आएको बाँके प्रहरीले जनाएको छ । चेतन हत्याको घटनापछि रिगललाई काँग्रेसकै उच्च नेताले संरक्षणमा राखेको आरोप थियो ।
1 comments
Write Down Your Responses
August 24, 2015 at 3:53 AM
Congress party lai aba sungai dinuparchha next timeko election ma yota gunda party po rahechha, sala bhale chor congress,