गुण्डा नाइके मनराज गुरुङको सम्पत्ति खोज्दै प्रहरी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सम्पत्ति सुद्धिकरणका मुद्दा चलाइने
२०७२ भदौ १० गते १०:५१
१० भदौ, काठमाडौं । महाराजगञ्जस्थित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो कार्यालय अगाडि केही दिनदेखि रातो रंगको गाडि थन्किएको छ ।
१२ बर्ष अगाडीको चर्चित रानीबारी हत्याकाण्डका मुख्य योजनाकार मनराज गुरुङले चढ्ने गरेको रातो गाडी यतिबेला सीआईबी परिसरमा थन्किएको छ भने गुरुङ पुर्पक्षका लागि थुनामा छन् ।


२०५९ असार ३१ गते इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या भएको थियो । हत्यामा संलग्न रहेको अभियोगमा मनराज र प्रमेश चौहानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२ वर्षपछि गत चैतमा पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनीहरुले म्यानपावर व्यवसायी एवं उक्त घरका मालिक गीता खड्काको हत्या गर्न खोजेका थिए । तर, परे श्रेष्ठ दम्पत्ति ।
हत्या अभियोगमा पक्राउ परेका मनराज गुन्डा नाइके हुन् । उनी गोलढुंगा हत्याकाण्डसहितमा संलग्न भएको प्रहरीको दाबी छ ।
अहिले प्रहरीले मनराजको सम्पत्ति छानविन गरिरहेको छ । डीआईजी महेन्त मल्ल ठकुरीले भने-हामीले उसको सबै सम्पत्ति रोक्का गरेका छौं र सम्पत्ति सुद्धिकरणमा अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले मनराजसँगै उनको परिवारका सदस्यको नाममा भएका सबै सम्पत्ति रोक्का गरेको हो । अनुसन्धानका क्रममा उनको जग्गा, रेष्टुराँसहितका क्षेत्रमा लगानी गरेको खुलेको छ । तर, अनुसन्धानको प्रक्रियामा रहेको भन्दै सीआईबीले थप केही खुलाउन चाहेको छैन ।
प्रहरीले सम्पत्ति रोक्का गरेपछि मनराज र प्रमेशकी पत्नीले पत्रकार सम्मेलन गरेर हारगुहार गरेका थिए ।
प्रहरी नियन्त्रणमा मनराज गुरूङ । तस्वीर २ घटना हुँदाको अवस्थामा मनराज र ३ प्रहरीले बनाएको स्केच
प्रहरी नियन्त्रणमा मनराज गुरूङ । तस्वीर २ घटना हुँदाको अवस्थामा मनराज र ३ प्रहरीले बनाएको स्केच
मुख्य अभियुक्त अझै फरार
प्रहरीले मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेर सार्वजनिक गर्दा मुख्य अभियुक्त फरार रहेको बताएको थियो । बेलायतमा रहेको भनिएका मुख्य अभियुक्त अझैसम्म पक्राउ परेका छैनन् ।
सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीले भने-एउटा तहको अनुसन्धानमा ग्याप छ । त्यसमा संलग्न धेरै मानिसहरु बाहिर भएकाले अनुसन्धानमा कोअपरेट हुन सककेको छैन ।’उनका अनुसार पक्राउ परेका मनराज र प्रमेशले समेत सहयोग गरेको छैनन् ।
हत्या गर्न खोजिएकी गीता स्वयमं पनि बाहिर छिन् । प्रहरीले अहिलेसम्म गीतालाई क्लिन चिट दिएको छ । तर, सीआईबी प्रमुख ठकुरी यसबारे नयाँ शिराबाट अनुसन्धान गर्नु पर्ने बताउँछन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले यस अनुसन्धानलाई अपराध अनुसन्धानमा कोशे ढुंगाका रुपमा लिएको छ । प्रहरीले पहिलो पटक बन्द इजलासमा सुनुवाइ गरेको छ भने साक्षीहरुको नाम अदालतमा समेत गोप्य राखेको छ । उनीहरुलाई कोड नाम दिइएको छ ।
उनीहरुको सुरक्षा ग्यारेन्टी गरिएको छ भने छिटो सुनुवाइको व्यबस्था मिलाइएको सीआईबी प्रमुख ठकुरीले बताए । ‘गोलढुंगा घटनाका जाहेरवालाई धम्क्याएको पाइएपछि यो पटक बन्द इजलासमा छिटो सुनुवाइको व्यवस्था गरिएको छ’ उनले भने-यो घटनालाई हामीले कोसे ढुंगा ठानेर काम गरिरहेका छौं ।’

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses