मधेसवादी नेता र सिके राउतबीच कटाक्ष
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Published: August 27, 2015
   
काठमाडौं, भदौ १० । संविधानको मस्यौदामाथि असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका मधेसवादी नेता र राष्ट्रलाई नै विखण्डन गरेर मधेसलाई छुट्टै राष्ट्र बनाउनु पर्छ भन्दै आएका सिके राउतबीच कटाक्ष चलिरहेको छ ।

सिके राउतले आफ्नो फेसबुकमा मधेसवादी दलका नेताहरुको धज्जी उडाउँदै जारी आन्दोलनलाई ‘नाटक’ को संज्ञा दिएका छन् । उता मधेसवादी नेताले भने मधेसमा यत्रो आन्दोलन हुँदा सिके राउत के गरिरहेका छन् भन्ने प्रश्न तेर्स्याएका छन् ।
मधेसी नेताहरु सदियौंदेखि सांसद, मन्त्री बन्दै आएको भन्दै राउतले उनीहरुबाटै मधेसी जनता ठगिदैं आएको प्रतिक्रिया आफ्नो फेसबुकमा लेखेका छन् । उनले स्वायत्त र अधिकारसम्पन्न मधेसको कुरा संविधानको धारा १३८ मै लेखिएको उल्लेख गर्दै प्रश्न गरेका छन्, ‘फेरि किन मरिरहेका छौ ? किन आन्दोलन गरिरहेका छौ ?’ उनले मधेसी सेना नभएसम्म यस्ता संघर्षको कुनै तुक नहुने पनि उल्लेख गरेका छन् ।
उता, सदभावना पार्टीका महासचिव मनीष सुमनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केही कथित मधेसी बुद्धिजीवी भन्दथे– मधेसमा केवल सिके राउतको संगठन छ, मधेसी पार्टी दलाल, सत्ताको लोभी हुन्, सत्ताका लागि मधेसी दल टुक्रा–टुक्रा भए तर आज मधेसमा यत्रो आन्दोलन भइरहेको छ, सिके राउत कहाँ छन् ?’
उनले सिके राउतप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘आज राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेताहरु मधेसका गाउँ गाउँमा निर्वाध घुमिरहेका छन्, सिके राउत आफ्नो राजविराज–९ स्थित घरमा बसेर फेसबुक चलाइरहेका छन् ।’
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses