कैलालीमा अनिश्चितकालीन कर्फ्यु, सुरक्षाकर्मी र हतियार थपियो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कैलालीमा अनिश्चितकालीन कर्फ्यु, सुरक्षाकर्मी र हतियार थपियो
Published: August 27, 2015
   
कैलाली, भदौ १० । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको कैलालीका दुई नगरपालिका र नौ वटा गाविसमा लगाएको अनिश्चितकालीन कर्फ्यु बिहीबार चौथो दिन पनि जारी छ ।
टीकापुर र भजनी त्रिशक्तिनगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको अनिश्चितलकालीन कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको हो ।
दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेना परिचालन गरिएको छ । उता, धनगढी नगरपालिकामा आज ११ बजेदेखि साँझ ६ बजेसम्म लागू हुने गरी फेरी कर्फ्यु आदेश जारी गरिएको छ ।
बुधबार बिहान ११ बजे लगाइएको कर्फ्यु साँझ ६ बजे फुकुवा गरे पनि जिल्ला प्रशासन कार्यालय कैलालीले शान्ति सुरक्षा बिग्रिन नदिने भन्दै पुनःकर्फ्यु आदेश जारी गरेको हो ।
लगातारको कफ्र्युले कैलालीको जनजीवन निकै कष्टकर बनेको छ । कर्फ्युका कारण टीकापुर र सदरमुकाम धनगढी सुनसान बनेको छ ।
कर्फ्युका कारण भारतबाट आउने यात्रुहरु दिनभरी सीमावर्ती गौरीफन्टा बजारमा अलपत्र पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले शान्ति सुरक्षा व्यबस्था सुदृढ बनाउँदै जनजीवन सामान्य बनाउन व्यापक पहल गरेको छ ।
शान्ति सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रहरी चौकीमा जनशक्ति र हतियार समेत थपेको छ । जिल्ला प्रशासन कार्यालयले कैलालीका ८ वटा प्रहरी चौकीमा प्रहरीको संख्या र हतियार थपेको हो ।
साथै ती चौकीमा सशस्त्र प्रहरीलाई पनि राखिएको छ । कैलालीको धनसिंहपुर र हसुलियामा सशस्त्रको बेसक्याम्प राखिएको छ  ।
बौनिया, जोशीपुर, नारायणपुर, टीकापुर, चौमाला र खक्रौलामा प्रहरी र हतियारसँगै सशस्त्र प्रहरी पनि थपिएको छ । त्यस्तै राजमार्गलाई सुचारु गर्न सुरक्षा निकायका चार वटा टोली परिचालन गरिएको छ ।
सेना परिचालन गरिएसंगै आतंकित बनेको यस क्षेत्र केही शान्त देखिएको छ । कुनै समुहका प्रदर्शनकारी पनि खुलेर बाहिर निस्केका छैनन् ।
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses