गुजरात आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो, पटेलले दिए ४८ घन्टे अल्टिमेटम
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

 एजेन्सी  |
काठमाडौं, भदौ १० । भारतको गुजरात राज्यमा पटेल समुदायको आरक्षण आन्दोलनका क्रममा दुई दिनयता मृत्यु हुनेका संख्या ८ पुगेको छ । तर, तनाब भने कायमै रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

मारिनेमा एकजना प्रहरी पनि छन् भने दर्जनौं सुरक्षाकर्मी घाइते भएका छन् । ४० ओटा प्रहरीचौकीमा आगजनी गरिएको छ भने ७० भन्दा बढी सवारी–साधन आन्दोलनकारीले जलाएका छन् ।


राज्यका विभिन्न स्थानमा शान्ति सुव्यवस्था कायम गर्न सेना परिचालन गरिए पनि बुधबार राति विभिन्न स्थानमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको छ ।

सरकारी जागिरमा कोटा लागू हुनुपर्नेलगायतका माग राखी पटेल समुदायले सुरु गरेको आन्दोलन उग्र बनेपछि विभिन्न क्षेत्रमा कर्फ्यु लगाइएको छ । सुरतमा सेना परिचालन गरिएको छ ।

आन्दोलनको नेतृत्व गरेका २२ वर्षीय हार्दिक पटेलले आन्दोलनकारीको हत्या गर्ने प्रहरीहरुलाई निलम्बन गरी हत्या अभियोगमा मुद्दा चलाउन ४८ घन्टे अल्टिमेटम दिएका छन् ।

उनले आफ्ना समुदायका सदस्यलाई सहरमा तरकारी आपूर्ति बन्द गर्नसमेत आह्वान गरेका छन् ।

पटेल समुदायलाई अति पिछडिएको समुदायसरह आरक्षण माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि गुजरातमा सबै शिक्षणसंस्था बन्द गरिएको छ ।

गुजरातको कुल जनसंख्यामा पटेल समुदाय २० प्रतिशत हाराहारी रहेको छ । हिराको व्यापार गर्ने पटेल समुदाय नै गुजरातका सबैभन्दा ठूला कारोबारी हुन् भने उनीहरु सम्पन्न समुदायमा पर्दछन् । (एजेन्सी)

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses