टीकापुरमा फेरी गोली चल्यो, एक जना घाइते
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

टीकापुर, १० भदौ । हिंसात्मक घटना भएको तीन दिनपछि कैलालीको टीकापुरमा विहीबार सुरक्षाकर्मीले गोली चलाएको छ ।

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीले गोली चलाउँदा टीकापुर नजिकैको दुर्गौलीमा एक जना घाइते भएका छन् । घाइते हुनेमा कैलाली फलेविसनका जगत देवकोटा रहेका छन् ।
कर्फ्यु अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीले उनीमाथि गोली चलाएको थियो । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको छ ।
गत सोमबार नेपाल प्रहरीका एसएसपीसहित मारिने गरी टीकापुरमा भएको हिंसात्मक घटनापछि सरकारले कैलालीका विभिन्न ठाउँमा सेना परिचालन तथा कर्फ्यु लगाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses