मुसाले टोकेर शिशुको ज्यान गएपछि...
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ भाद्र १० बिहीवार


नयाँ दिल्ली: उपचाररत रहेका एक जना १० दिनको शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी भारतको एक अस्पतालमा ठूलो हङ्गामा भएको  छ ।

उपचारका क्रममा दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित एक सरकारी अस्पतालमा राखिएका ती शिशुलाई अस्पतालको श्ययामा नै मुसाले टोकेको थियो ।



ती शिशुकी आमाका अनुसार मुसाले टोकेर नै उनको ज्यान गएको थियो । पिसावसम्बन्धी समस्याको उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको प्रमाणित भएको छ ।


सो घटनापछि सरकारी अस्पतालमा हुने गरेको चरम लापरबाहीका विरुद्धमा व्यापकमात्रामा अस्पताल प्रशासनको विरोध भएको छ ।

आन्ध्र प्रदेशको गुन्टुर सरकारी अस्पतालमा सो घटना भएको थियो । उक्त घटनापछि सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरी कारबाही सुरु गरिएको बताइएको छ ।


सरकारी अस्पतालमा यसअघि पनि व्यापकमात्रामा लापरबाही हुने गरेका गुनासाहरु आउने गरेका थिए । यस्तै समाचारहरुकै बीचमा दुई दिनअघि यो घटनाको समाचार आएको छ ।

त्यसैले यस पटक पनि त्यहाँ व्यवस्थापनपक्षबाटै लापरबाही भएकाले अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले व्यापक विरोध गरेका थिए ।

ती शिशुकी आमा चवली लक्ष्मीले नवजात शिशुको उपचार कक्षमा नै रहेका बेला उनको शिशुका हातका औँला गायब भएका र मुसाले नै खाइदिएकाले औँला हराएको जानकारी आफूले अस्पतालका कर्मचारीलाई दिएको बताएका थिए ।

उनले भने – मैले पटक–पटक अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरेपछि मुसाको टोकाइकै कारण मेरो बच्चाको निधन भएको हो ।

टेलिभिजन सम्वाददाताहरुलाई उनले भने – मेरो छोराको ज्यान यही अस्पतालकै कर्मचारीका कारण गएको हो, यहाँको लापरबाही डरलाग्दो रहेछ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन् चन्द्रबाबु नाइडुले आफूले सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरेको र कारबाहीका लागि अनुसन्धान समिति पनि गठन गरेको जानकारी दिए ।

मुसाले नै टोकेर यसरी अस्पतालमा रहेका शिशुको ज्यान गएको जानकारी पाउँदा आफूलाई निकै दुःख लागेको मुख्यमन्त्री नाइडुले ट्वीटरमा पोष्ट गरेका छन् । साथै उनले अबदेखि त्यस अस्पतालमा यस्तो दुर्घटना कहिल्यै नदोहोरिसो भनेका छन् ।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आउन नचाहेको समाचारमा जनाइएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses