राजधानीमा डनको संख्या कति ?, कुन समूहमा को–को ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस


२०७२ भदौ १० गते
काठमाडौं, १० भदौ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’ को प्रहरी इन्कान्टरमा मृत्यु भएपछि राजधानीमा सक्रिय गुण्डाहरुको खोजी शुरु भएको छ ।
गुण्डागर्दीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरुबीच भागदौड मच्चिएको समाचार यूनाइटेड पोष्टले छापेको छ । खासगरी प्रहरी सूचिमा वान्टेड रहेकाहरुको सातो गएको हो ।
दर्जनौं गुण्डाका नाइकेहरु प्रहरीको वान्टेड सूचिमा छन् । गत वर्षमात्र जेलबाट छुटेका बैंक लुटेरा टासी लामा अर्का वान्टेड गुण्डाका नाइके हुन् ।

पछिल्लो समय उनले व्यापारीलाई अपहरण गरेर पैसा असुल्दै आएका छन् । चरी र घैंटेको इन्काउन्टरपछि ठूला डनहरु भागिसकेका छन् भने टोलेहरु पनि तर्सिएका छन् । विभिन्न मुद्दाका वान्टेडहरुले उपत्यका छाडिसकेका छन् ।
ठूला डनहरु दीपक मनाङे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रे, साजन महर्जन, बाघे लामा, माइला लामा, रोज राणा, मिनकृष्ण महर्जन, बिश्वक्रान्तिहरु पनि आतंकित छन् इन्काउन्टरको डरले । रोज राणा भर्खरै विदेशबाट नेपाल आएका छन् ।
आफूहरु सुध्रिन पाउने र सुध्रिएको तर्क गर्ने यी डनहरुले गोप्य रुपमा व्यापारीलाई धम्काउने काम अझै छाडेका छैनन् । सम्पत्ति शुद्धीकरण मुद्दाबाट छुटेपछि मनाङे व्यापारमा केन्द्रीत छन् ।
ठमेलमा उनको राज अझ कायमै छ । ठमेलमा विभिन्न रेष्टुरेन्टमा लगानी गरेका उनको हेटौंडामा क्रसर तथा नवलपरासीमा जडिबुटीसम्मको व्यवसाय छ ।
मनाङ्गेले सहयोगि उमेश लामाको फर्म मार्फत दरबारमार्ग प्रहरीको भवन समेत निर्माण गरेका छन् । केही समय राजनीतिमा लागेपनि पछिल्लो सयम उनी त्यती सक्रिय छैनन् ।
त्यसो त काभ्रेली समूहका गणेश लामासँग थोरै व्यक्तिहरु मात्र रहेको बताइन्छ । लामाका सबैभन्दा नजिकका सहयोगी विष्णु लामा हुन् ।
लामामाथि नै डन घैंटेले गोंगबुको एक रेष्टुरेन्टमा गोली प्रहार गरेका थिए । जसलाई काभ्रेमा छोटे डनका रुपमा सर्वसाधरणहरुले चिन्ने गर्छन् ।
उनी पछिल्लो समय काभ्रेली समूहकै दाबा लामा लागुऔषध मुद्दामा जेल परेपछि सक्रिय छन् । गुण्डागर्दी र असुलीमा विष्णुलाई गणेशका अलवा मनाङ्गेले पनि प्रयोग गर्ने गरेको ठमेलमा चर्चा हुने गर्दछ ।
दुई वर्षअघि युवासंघमा प्रबेश गरेका साजन महर्जन पद नपाएपछि एमालेमा सक्रिय छैनन् । यतिबेला उनी निर्माण सामाग्रीको व्यवसाय चलाएर बसेका छन् ।
त्यस्तै नुवाकोटका कांग्रेस नेताहरुसँगको छत्रछायाँमा आतंक मच्चाउँदै आएका बालाजुका माइला लामा सो क्षेत्रका ठेक्कापट्टामै केन्द्रीत छन् ।
ललितपुरका मिनकृष्ण महर्जनको पनि प्रमुख काम ठेक्कापट्टा नै हो । ललितपुरको चापागाउँ क्षेत्रमा सञ्चालित अवैध ढुङ्गाखानी र क्रसरमा उनको लगानी छ । ललितपुरका सरकारी ठेक्कामा उनको दबदबा छ ।
सडक ठेक्काको कमिसन नमिल्दा नै रमेश बाहुनसँग उनको झगडा भएको थियो । त्यही झगडाको क्रममा शुरुमा महर्जनले बाहुनको तिघ्रामा गोली हानेपछि बाहुनले जवाफमा उनलाई गोली हानेका थिए ।
गत बर्ष पक्राउ परेका बाहुन यतिखेर केद्रिन्य कारागार सुन्धारामा छन् । घैंटे समूहका समिरमानसिंह बस्नेतसको चरीका दुश्मन राधे भण्डारीसँग दोस्ती छ ।
बस्नेतसँग सानुभाई भन्ने युबराज गुरुड र चाबहिलका हबल्दार भन्ने प्रतिक श्रेष्ठले मिलेर काम गर्दै आएका छन् । यि सबैका संरक्षक काग्रेस नेता जगदिशनरसिंह केसी हुन् ।
उनीहरुलाई एक डीएसपीले प्रहरीको सूचना चुहावट गर्दै आपराधिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका छन् । बस्नेतले बाफल देखी धादिडसम्म ठेक्का पट्टामा गुण्डागर्दी गर्दै आएका छन् । बस्नेत समूहकै नेपालगञ्जका गुण्डा नाइके रिगल ढकालले अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् ।
अर्का डन राजु गोर्खालीले रेष्टुरेन्ट चलाउँदै आएका छन् । उनले चाबहिल क्षेत्रका अस्पताल देखी पोलिक्लिनिकसम्म हप्ता असुल्दै आएका छन् । हेम्पीङ हेण्डन्स अस्पतालका सटरको टेण्डरमा गोर्खालीको बोलकबोल छ ।
यता चक्रपथका डन मिलन चक्रेको कुमार घैंटेसँग पुरानो दुस्मनी थियो । चरीलाई लगाएर घैंटेलाई आक्रमण गर्ने योजना बनाएका चक्रे भने चरी र र घैंटे दुबै मारिएपछि खुशीका साथ तनावमा छन् ।
उनका भाई तेजेन्द्र गुरुङलगायतको समूहले पछिल्लो समय पनि महाराजगञ्ज क्षेत्रमा नियमित असुली गर्दै आएको प्रहरीको आरोप छ ।
त्यस्तै बारम्बार अपराधमा संलग्न भएका भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ पनि अहिले जेलमा छन् । सिन्धुुपाल्चोका ठेकदार जीवन श्रेष्ठलाई अपहरण गरेको अभियोगमा उनी जेलमा पुगेका हुन् ।
श्रेष्ठ नेपाली कांग्रेस निकट मानिन्छन् । भक्तपुरमा हुने अधिकांस निमार्णको ठेक्का, अबैध बालुवा खानी, ढुंगा खानीबाट असुलेको रकम नै श्रेष्ठको आम्दानीको स्रोत हो ।
कुन समूहमा को–को ?
काठमाडौं उपत्यकामा प्रहरी तथ्यांकले गुण्डाहरुको संख्या करिव दुई सय देखाएको छ । प्रहरीका अनुसार उनीहरु विभिन्न समूहमा आबद्ध रहेर आपराधिक गतिविधिमा संलग्न छन् ।
हत्या अभियोगमा दुई वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खालीमातहत सबैभन्दा बढी तीन दर्जन गुण्डा संगठित छन् । गोर्खालीको महानगरिय आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्मासँग राम्रो सम्बन्ध रहेका कारण उनको भित्री असुली धन्दाका बारेमा प्रहरी जानकार भएपनि शर्मासँगको सम्बन्धले प्रहरीले केही गर्न सकेको छैन ।
गोर्खालीको समूहमा पहिलो नम्बरमा विनोद थापा छन् । जेलबाट छुटेपछि पनि गोर्खालीले संगठन चलाइरहेका छन् । जतिसुकै सजाय भुक्तान गरेर छुटे पनि अधिकांश आपराधिक गतिविधिमै लाग्छन् र सुध्रिएको नाटक गर्छन् ।
गोर्खालीको समूहमा विनोद थापा, प्रदीप थापा, मधुकर, विष्णु मानन्धर, साजन महर्जन, भीम गुरुङ, कुमार गिथ्ही, सञ्जय डंगोल, डल्लुसिंह गुरुङ, सन्ते राना, खड्ग रायमाझी, प्रतीक श्रेष्ठ, विनोद श्रेष्ठ, सुदीप श्रेष्ठ, सुरज श्रेष्ठ, नीतेश केसी, सन्तोष कँवर, निकेश थापा, सन्नी श्रेष्ठ, राकेश श्रेष्ठ, रोहित सुनुवार, सुनील लामा, रवि कपाली, राजेन्द्र अधिकारी, धिरेन, रवि कार्की, सानो बाबु, गोपाल, सागर तामाङ, पारस लामा, सुनील तामाङ, रामकृष्ण श्रेष्ठ, भीम राई, भूषण राईलगायत छन् ।
राजनीतिक संरक्षण पाएका काभ्रेली समूहका नाइके गणेश लामा सदस्यका आधारमा दोस्रो नम्बरमा छन् । उनको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय रहेका छन् । तथ्यांकअनुसार उनको समूहमा काम गर्नेमध्ये पहिलो नम्बरमा विष्णु लामा छन् ।
शुरुमा दावा लामाले पनि गणेशकै निर्देशनमा काम गर्दथे । विष्णुपछि गणेशको समूहमा अभिमानसिंह बस्नेतको नाम आउँछ । तर यतिबेला बस्नेतले छुट्टै समूह बनाएका छन् ।
बस्नेत समूहमा कृष्ण पाण्डे, विनय मगर, अजय थापा, विजय लामा, बाला लामा, आशीष श्रेष्ठ रहेका छन् । गणेशको काभ्रेली समूहमा स्याल भन्ने सञ्जीब लामा, मिलन लामा, सूर्य लामा, अशोक लामा, खगेन्द्र लामा, अदीप लामा, चन्द्र लामा, केशव लामा, दीपेन्द्र लामा, कांग्रेस सभासद् तीर्थ लामा, अमृत लामा, दावा लामा, जित लामा, कान्छा लामा, धनबहादुर लामा, दुर्गा तामाङ, विनोद पंन्त, जीवन लामा, फुर्वा लामा छन् ।
मनाड्गे निकट उमेश लामा समूहमा श्री शाही, कमल भण्डारी, कुमार गुरुङ, सञ्जय लामा, माइला लामा, मिलन गुरुङ, र फायर क्लबका बाउन्सर वकिल बम सक्रिय रहेका छन् । चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् ।
उनका सदस्यमध्ये पहिलो नम्बरमा भाइ तेजेन्द्र नै पर्छन् । चक्रेको समूहमा तेजेन्द्र गुरुङ, सुनील अमात्य, अनिल अमात्य, रमेश बस्नेत, अखिल खड्का, रामु श्रेष्ठ, राजन थापा, राजेश महर्जन, धने विशाल, देवराज गुरुङ, नारायण तामाङ, लालबहादुर आले, शेर्पा मलको जन्जिर बारका विश्व गुरुङ, नवराज गुरुङ, धनबहादुर लामा, नीराजन लामा, अमृत केसी, दावा गोले, भीमदेव कार्की, प्रसन्न तामाङ, रोशन मगर, किसमत गुरुङ, जितबहादुर तामाङ, निर्मल लामा, जित गुरुङ, शंकर लामा, गल्भु गुरुङ, रमेशप्रताप शाह, निर्मल गुरुङ, सूर्यमान तामाङ, रीतेश थापा, सुमन रम्तेल, दिनेश रम्तेल, श्यामकृष्ण महर्जन, सुमन लामा रहेका छन् ।
त्यस्तै संख्याका आधारमा बाघे लामा चौथौ नम्बरको नेतृत्वकर्ता देखिन्छन् । उनको समूहमा ११ सदस्य छन् । अनिल थापा, दीपक श्रेष्ठ, कुमार लामा, अर्जुन कुटवार, अकुल थापा, रुपक र दीपक पाण्डे उनका सदस्य हुन् ।
पाँचौँ नम्बरको नेतृत्वकर्ता डाक्टर भनिने प्रवीण प्रधान छन् । उनको समूहमा निरज चित्रकार, रोमिन श्रेष्ठ, रघु राजभण्डारी, प्राचीन श्रेष्ठ, काजीमान श्रेष्ठ, राजन लामा, निरज श्रेष्ठ, सन्जु श्रेष्ठ र महेन्द्र रन्त शाक्य गरी १० सदस्य छन् ।
छैटौँ नम्बरको नेतृत्वकर्ता मिननकृष्ण महर्जन हुन् । उनको क्षेत्र पाटन हो । उनी हाल निकै सक्रिय छन् । उनको समूहमा दधि महर्जन, राकेश महर्जन र विक्रम गुरुङ सक्रिय छन् ।
समूहमा धेरै सदस्य नभएका डनको संख्या ५० भन्दा धेरै रहेको प्रहरीको दाबी छ । त्यसपछि चरीकै नामले चिनिने अर्का डन हुन्, विज्ञान श्रेष्ठ ।
मनोज तुलाधर, महारानी डंगोल, मनोज श्रेष्ठ, सोल्टी गुरुङ, भरत श्रेष्ठ, सुनील कामी, दीपेन्द्र अधिकारी, आकाश श्रेष्ठ, सुमनरत्न शाक्य, समिर बस्नेत, सुदर्शन थापामगर, सुजन गुरुङ, सागर श्रेष्ठ पनि गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी स्रोत बताउँछ ।
यसबाहेक काजी शेर्पा, प्रदीप खत्री, साजन महर्जन र सुरेश तामाङको छुट्टटै समूह रहेको पनि प्रहरी तथ्यांकमा उल्लेख छ । काजी शेर्पा, गोकुल शिवाकोटी, चाइनिज गुरुङले घैंटेलाई सहयोग गर्दै आएका थिए । यीमध्ये काजीले छुट्टै समूह बनाई अपराधमा सक्रिय छन् ।
प्रहरी स्रोतका अनुसार एउटा यस्तो समूह छ कि, जसले प्रहरीबाट सुचना लिएर गुण्डा नाईकेसम्म पुर्‍याई आपसमा जुधाएर फाईदा लिर्दै आएको छ । यो समूहका नाईके हुन रोज राणा ।
दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses