कांग्रेस नेता पौडेलका हत्यामा संलग्न थप दुई पक्राउ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस



पोखरा, १० भदौ, नेपाली काँग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न थप दुईजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले  जानकारी दिएको छ  । गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ–१२ का विश्वास गौतमलाई भारतको देहरादुन र लेखनाथ–१३ का प्रकाश गुरुङलाई पोखराबाटै पक्राउ गरिएको हो । हत्यामा संलग्न अर्का रबिन केसी भने अभैm फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


गौतम भारतको देहरादुनमा रहेको सूचना पाएपछि भारतबाट पक्राउ गरी रुपन्देही हुँदै पोखरा ल्याइएको हो । प्रहरीले यसअघि उक्त घटनामा संलग्न नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने र तरुण दलका कार्यकर्ता राजु रानाभाटलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पौडेलको हत्यामा संलग्न आरोपीलाई आज पत्रकारसम्मेलनको आयोजना गरी सार्वजनिक गरिने बताएको छ । रासस

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses