बिहानै ४.१ रेक्टरस्केलको कम्पन
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१० भदौ, काठमाडौं । बिहीबार बिहानै गोरखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ ।

गोरखाको मनबु नजिकै केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ७ मीनेट जाँदा ४.१ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै मध्यरात १२ बजेर ५१ मीनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको पनि मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार दोलखालाई केन्द्र बनाएर ४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि त्यसका पराकम्पन जानेक्रम रोकिएको छैन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses