मोदीको गुजरातमा झडपमा तीनजनाको ज्यान गयो हिंसा भड्केपछि सेना परिचालन
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहर गुजरातको अहमदाबादमा मंगलबारबाट शुरु विरोधले उग्ररुप लिएपछि तीनजनालेज्यान गुमाएका छन् ।गुजरात प्रहरीका डिजीपी पिसी ठाकुरले बताएअनुसार अहमदाबादमा पटेल समुदायले थालेको आन्दोलन उग्र भएपछि गोली चलाउँदा तीनजना मारिएका हुन् ।उनका अनुसार उग्र भएका प्रदर्शनकारीले बनासकान्ठा जिल्लामा रहेको गढ पुलिस कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् । प्रहरी चौकीमा आक्रमणका क्रममा एक प्रदर्शनकारी मारिएका छन् ।






गुजरातको अहमदाबादको नौवटा प्रहरी कार्यालयको क्षेत्र, सुरतको दुर्इवटा प्रहरी कार्यालयको क्षेत्रसहित राज्यका १७ वटा सहरी इलाकामा कर्फ्यू लगाइएको छ । राज्यमा हिंसा भड्केर स्थिति नियन्त्रण बाहिर जाने अवस्था आएपछि सेनालार्इ बोलाइएको छ । डिजीपी ठाकुरका अनुसार गुजरातका सबै दलका वरिष्ठ नेता र धर्म गुरुहरुलार्इ मानिसलार्इ कानुन व्यवस्था कायमका लागि अपिल गर्न भनिएको छ ।


हिंसाले उग्ररुप लिन थालेपछि गुजरातमा सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पटेल समुदायले बुधबारै गुजरात बन्दको अपील गरेको थियो ।

मुख्यमन्त्री आनन्दीबेन पटेलले गुजरातबासीलार्इ शान्ति कायम गरिराख्न अपील गर्दै राज्यमा कानुनी व्यवस्था कायम राखिराख्न पनि सबैसँग सहयोग मागेका छन् ।

आरक्षणको माग लिएर आन्दोलन गरिरहेका गुजरातका पटेल समुदायले मंगलबार राति उग्र बनेर कयौं स्थानमा आगजनी गरेका छन् ।


आन्दोलनको नेतृत्व गरिरेहका २२ वर्षीय हार्दिक पटेललार्इ मंगलबार राति पुलिसले हिरासतमा लिएपछि उनका समर्थक उग्र भएका थिए । उनका समर्थकले करिब ४० वटा बस र अन्य गाडी जलाएका छन् । हिंसा बढ्दै गएपछि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरिदिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses