.सुनचाँदीको भाउमा क्रमशः गिरावट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

 बिहीवार 10 भदौ,
   
काठमाडौं, भदौ १० । स्थानीय बजारमा सुनचाँदीको भाउमा क्रमशः गिरावट आएको छ । बिहीबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ ।

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको जनाएको छ ।
बुधबार तोलाको ५१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले कमी आई ६ सय ७० कायम गरिएको महासंघले जनाएको छ ।
सोमबार मात्रै सुन तोलाको ५१ हजार ९ सयमा कारोबार भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses