हिंसा बढेपछि गुजरातका पाँच सहरमा कर्फ्यू
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी |
२०७२ भाद्र १० बिहीवार

इन्टरनेट र मोबाइल एसएमएस ठप्प
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा दंगा बढ्दै गएपछि सरकारले पाँचवटा सहरमा कर्फ्यू लगाएको छ ।


पटेल आरक्षणमा शुरु विवादले उग्ररुप लिएपछि भएको हिंसात्मक झडपमा हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । राज्यका ५ वटा सहरमा कर्फ्यू लगाइएको छ भने मोबाइलबाट एसएमएस पठाउन पनि प्रतिबन्ध लगाइएको छ । केही दिनदेखि गुजारतमा इन्टरनेट सेवा ठप्प छ ।

प्रशासनले अहमदाबादका नौवटा प्रहरी कार्यालयको क्षेत्र र  सुरत तथा मेहसाणामा पनि कर्फ्यू लगाइरहेको छ।  त्यसैगरी नवसारी र कडीमा पनि बुधबारबाट कर्फ्यू लगाइएको छ ।


अर्का तर्फ पटेलका नेता नेता हार्दिक पटेलले मानिसको ज्यान जानुको दोषी रहेका पुलिसकर्मीलार्इ ४८ घन्टाभित्र निलम्ब गर्न तथा मारिएका मानिसका परिवारलार्इ ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।

उनले किसानसँग अपिल गर्दै शहरमा दूध र तरकारी आपूर्ति बन्द गर्न भनेका छन् । गुजरातका पटेल समुदायका धेरै सदस्य कृषक रहेका छन् ।

राजकोटका पुलिस प्रमुख मोहन झाले मानिसलार्इ लाइसेन्सवाला हतियार पुलिस कार्यालयमा जम्मा गर्न अपिल गरेका छन् ।


गत रात सुरतमा घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । अर्कातिर बनासकान्ठामा दुर्इ पीडित परिवारले अस्पतालबाट शव बुझ्न इन्कार गरेका छन् । उनीहरुले आफ्ना सदस्य मारिनुमा दोषी रहेका पुलिसलार्इ निलम्बन गर्न माग गरेका छन् ।

सुरतमा बुधवार राति मानिसको भीडलार्इ तितरिबतर गर्ने क्रममा प्रहरील अश्रु ग्यास हानेको थियो । सो क्रममा उग्र भएका प्रदर्शनकारीले एक सपिङ मलमा तोडफोड गरे ।

त्यसैगरी एउटा बस समेत जलाइएको छ । प्रदर्शनकारीले रेलको स्टेशनमा पनि तोडफोड गरेका छन् । जसका कारण दिल्लीबाट अहमदावाद आउने रेल पनि बाटैमा रोकिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses