गुण्डा नाइके घैंटेका पार्टनर काठमाडौंमा पक्राउ, व्यापारीबाट यसरी गर्थे लाखौको असुली
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

दैनिक नेपाल२०७२ भदौ १०
काठमाडौं, १० भदौ । इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का व्यावसायिक पार्टनरलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले घैँटेको सम्पत्ति अनुसन्धानका लागि भन्दै सहयोगी राजेश कार्कीलाई सोमबार पक्राउ गरेको हो । घैंटेको सहयोगमा कार्कीले ट्राभल एजेन्सी खोलेर १० देखि १२ करोड सम्मको अवैध कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका कार्की लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक हुन् ।

उनले घैँटेको आर्थिक कारोबार सम्हाल्दै आएको सूचना पाएपछि महाशाखाको टोली सोमबार होटल पुगेको थियो । प्रहरी अनुसन्धान अनुसार कार्कीको रेस्टुरेन्टमा ठेकदारहरूलाई बोलाएर घैँटेले धम्क्याउँदै असुली गर्दथे । धम्की आएपछि केही व्यापारीले त महाशाखामा उजुरी समेत दिएका थिए । त्यही उजुरीका आधारमा पनि प्रहरीले घैंटेका सहयोगी कार्कीलाई नियन्त्रणमा लिएको हो ।
करिब १० वर्षअघि सामान्य जागिरे रहेका कार्कीको नाममा हाल करोडौँको सम्पत्ति पनि भेटिएको छ । घैंटेको सम्पत्तिको अपराध महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भएको भनिएपनि उनको नाममा थोरै मात्र भेटिएको छ । सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको हुन सक्ने भन्दै महाशाखाले घैंटेको सम्पत्तिको छानबिन थालेको हो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses