न्यायाधीशको कठघरामा वकिल, भट्टराई र श्रेष्ठलाई काट्यो सर्वाच्चले पत्र
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं ।


 न्यायालयका बिषयमा सार्वजनिक अभिब्यक्ति दिएको भन्दै सर्वाेच्च अदालतले नेपाल बार एशोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराई र पूर्वमहासचिव रमण श्रेष्ठलाई चेतावनी पत्र काटेको छ ।

केही दिनअघि उपाध्यक्ष भट्टराईले कुन न्यायाधीशले कति घुस खान्छन् त्यसको प्रमाण आफूसँग भएको अभिब्यक्ति भट्टराइले दिएका थिए ।

उक्त भनाईलाई आधारमानी कुन न्यायाधीशले कहाँ र कोसँगबाट कति घुस लिएको हो त्यसको प्रमाण दिन अदालतले आग्रह गरेको छ । तीन दिनभित्र प्रमाण उपलब्ध गराउन समेत पत्रमा उल्लेख गरिएको छ ।


पूर्वमहासचिव श्रेष्ठले पनि न्यायालय भ्रष्टाचारको अखडा भएको अभिब्यक्ति दिएका थिए ।

सर्वाेच्च अदालतले  चितवनमा आयोजित वकिलहरुको राष्ट्रिय सम्मेलनबाट पारित  घोषणापत्रको ६ नम्बर बुँदाप्रति आपत्ति जनाएको छ । ६ नम्वर बुँदामा न्यायालयभित्र भ्रष्टाचार मौलाएको उल्लेख गरिएको छ । त्यसको प्रमाण उपलब्ध गराउने सर्वोच्चले वारलाई लिखितरुपमा पत्राचार गरेको छ ।

सर्वाेच्च अदालतले कठारुपमा पत्राचार गरेपछि नेपाल बार एशोसिएशनको आकस्मीक बैठक सुरु भएको छ । पूर्वअध्यक्षहरु सहित नेपालबारको बैठक बसीरहेको छ । सर्वाेच्चको पत्रको जवाफ दिने या नदिने बिषयमा छलफल भइरहेको स्रोतले बताएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses