March 28, 2015
काठमाडौं । आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै आएका युवक पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा हनुमानढोकाले सशस्त्र प्रहरीको नक्कली पोसाक तथा परिचयपत्र र नक्कली पेस्तोलसहित नुवाकोट नर्जामण्डप घर भएका २४ वर्षीय सहदेव श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो ।
बेलाबेला सशस्त्र प्रहरीको युनिफर्म लगाइ नक्कली परिचयपत्रसमेत बनाएर उनले युवतीहरुलाई आफू सई भएको भन्दै विश्वासमा पार्ने गर्दथे ।
प्रहरी भएको बताउँदा युवतीहरु नजिकिने भएकाले उनले यस्तो तरिका अपनाउने गरेका थिए । युवतीलाई विश्वासमा लिन उनले नक्कली पेस्तोल पनि साथमै राखेका थिए ।
नजिकिएपछि उनले विभिन्न बहानामा पैसा माग्ने र पछि ठग्ने गरेको अनुसन्धानमामा खुलेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार चार लाख ८७ हजार ठगी गरेको भन्दै दुई युवतीले उनीविरुद्द उजुरु दिएका छन् ।
अरु युवतीलाई पनि उनले ठगी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
गत २ असोजमा पनि उनी नक्कली पेस्तोल र सशस्त्र प्रहरीको नक्कली परिचय पत्र सहित पक्राउ परेका थिए । त्यसबेला उनी धरौटीमा छुटेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses