सबैभन्दा सस्तो मुलुकको सुचीमा भारत पहिलो र नेपाल दोस्रो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
January 19
अष्ट्रेलिया । तपाई नेपालमा बसोबास गर्नुहुन्छ ? यदी हो भने तपाई विश्वकै सबैभन्दा दोस्रो सस्तो मुलकमा हुनुहुन्छ ।
हाम्रै छिमेकी देश भारत भने विश्वको सबैभन्दा सस्तो मुलुकमा दरिएको छ । जसको उपभोक्ता मूल्य सुचकांक नेपालको भन्दा २ अंकले कम देखिएको छ ।
मुभहब नामक संस्थाले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा महङ्गो र सबैभन्दा सस्तो मुलुकको सुचीमा सस्तोतर्फ भारत पहिलो र नेपाल दोस्रोबनेका छन भने सबैभन्दा महङ्गो देशको सुचीमा स्वीजरल्याण्ड र नर्वे क्रमश पहिलो र दोस्रो स्थानमा परेका छन् ।
उक्त संस्थाले उपभोक्ता मुल्य सुचकांककालई आधार मानेर बिभिन्न देशहरुको खर्चको तुलना गरेर उक्त सुची सार्वजनिक गरेको बताएको छ ।
जसमा उसले खाद्यान्न, यातायात, रेष्टुरेन्ट र युटिलिटीलाई लिएको छ । जुन तथ्याँक नुम्बियोको ग्लोबल मुल्य डाटाबेसबाट लिइएको हो ।
उक्त संस्थाले खाद्यान्न तर्फ मासु, ब्रेड, चामल, अण्डा, फलफूल, सागपात र रक्सीलाई लिएको छ भने यातायात तर्फ एकोहोरो टिकट, मासिक टिकट पास, ट्याक्सी भाडा, पेट्रोल मुल्य र भोक्सवागन गल्फ नामक कारलाई सुचक मानेको छ । आजको कान्तिपुरमा समाचार छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses