२९ फागुन,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बत्तीमा समस्या आएपछि २८ फागुन राति करिब साढे ९ बजेपछि विमान अवतरण गर्न सकेका छैनन् ।
सट सर्किट हुनगई विमानस्थल उज्यालो पार्ने बत्ती नबलेपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका विमानहरु अन्यत्र डाइभर्ट गरिएका छन् । केही विमानहरु उड्न नपाई होल्ड गरिएका छन् ।
विमानस्थलमा सट सर्किट भएपछि अवतरण गर्नै लागेको चाइना साउदर्न– ३०६७ विमान ढाका डाइभर्ट भएको छ भने मलिन्दो–१८२ पनि ढाकातर्फ मोडिएको छ । ड्रागन एयरको विमान भारतको कोलकाता र जेट एयरको विमान भारतकै लखनउतर्फ डाइभर्ट भएका छन् ।
दुई घण्टामा विमानस्थलको बत्ति मर्मत कार्य सम्पन्न हुने सूचना पाएको फ्लाई दुबई –५७३ करिब पौने १२ बजे काठमाडौंको आकाशमा आइपुगे पनि विमानस्थल अँध्यारो हुँदा आकाशमा चक्कर लगाएर फर्केको छ भने त्यसैबेला काठमाडौंको आकाशमा आइपुगेको एअर अरेबिया–५३८ पनि लखनउतर्फ मोडिएको छ ।
राति विमानस्थल बन्द हुँदा करिब ४ हजार यात्रु प्रभावित भएका छन् । शुरुमा विमानस्थल राति १२ बजेसम्म खुल्ने बताइए पनि अब शुक्रबार, २९ फागुन विहानमात्रै खुल्ने भएको छ ।
केही दिनअघि टर्किस एयरलाइन्सको विमान दुर्घटना हुँदा त्रिभुवन विमानस्थल ८५ घण्टासम्म बन्द भएको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses