जेलजान जोगिएका सलमान यसरी बने विश्वकै धनी नायक
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मुम्बई । बलिउडका स्टार नायक सलमानखान विश्वकै धनी कलाकारको सुचिमा परेका छन् । भारतमा अमिताभ बच्चानपछि सबैभन्दा चर्चित नायकका रुपमा रहेका सलमान खानलाई फोब्स पत्रिकाले संसारकै धनी नायकको सुचिमा राखेको थियो ।
सेलीब्रेटी म्यानेजमेन्ट प्रोफेसनलको भर्खरै सार्वजनिक सुचिमा पनि उनी १० जना धनी नायकको सुचिमा पर्न सफल भएका छन् ।
कमाइको हिसाबले उनी अमिताभ भन्दा निकै पछि रहेका छन् । यी दुई नायक बलिउडमा सबैभन्दा बढी कमाउनेमा पर्छन् ।
सलमान जेल परेको भए उनको मकाई कम हुने विष्लेषण गरिएको थियो । सेलीब्रेटी म्यानेजमेन्ट प्रोफेसनलका अनुसार सलमानले एउटा कम्पनिको ब्राण्ड एम्बेस्डर भए बापत मात्र ४४ करोड बढी कमाउँछन् ।
उनले विग बोस शो मार्फत पनि राम्रै आम्दानी गरेका छन् भने मन्धना कम्पनीसँगको पार्टनरसीपमा उनले आफ्ना सामानहरु बेच्ने गरेका छन् ।
यो कम्पनीले भारतमा मात्रै १ अर्ब ७० करोड बढीको व्यापार गर्ने गरेको छ । उनले प्रति फिल्म बापतको पारिश्रमीक ५० करोड लिने गरेका छन् । उनले आम्दानीको १० प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses