५.२ म्याग्निच्यूटको ठुलो भूकम्पको धक्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ जेष्ठ १५ शुक्रबार

काठमाडौं : शुक्रबार दिउँसो धादिङ केन्द्रबिन्दु भएको ५.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार दिउँसो तीन बजे ४४ मिनेटमा धादिङ केन्द्रबिन्दु भएर गएको परकम्पनले मध्य नेपालका विभिन्न जिल्ला हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोरखा, चितवन, नवलपरासी, नुवाकोट र धादिङसहितका जिल्लामा महसुस भएको थियो । शुक्रबार मध्यान्ह मध्यान्ह गोरखा र धादिङ केन्द्रबिन्दु भएको परकम्पन गएको थियो ।

मध्यान्ह १२ बजेर ३० मिनेटमा गोरखा र धादिङको सिमानामा केन्द्रबिन्दु भएको ४.८ म्याग्निच्यूटको धक्का महसुस भएको थियो ।

शुक्रबार बिहानै दुईवटा परकम्पन गइसकेका छन् । आज बिहान १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको धक्का महसुस भएको थियो ।

बिहान ५ बजेर २० मिनेटमा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses