श्रीमतीले श्रीमानसहित उनको परिवारलाई जिउँदै जलाइन्, ६ को मृत्यु
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ जेष्ठ ७ बुधवार
एक महिलाले खराब वैवाहिक सम्बन्धका कारण बुधबार आफ्ना श्रीमान तथा उनका परिवारलाई जिउँदै जलाएकी छिन् । घाइतेमध्ये ६ को मृत्यु भएको छ ।
पुलिसका अनुसार ती श्रीमान र श्रीमतीबिचको सम्बन्धको विषयमा धेरैजसो मनमुटाव भइरहन्थ्यो । कानन (२७) र पंडेश्वरी (२५) बिच केहि वर्षपहिले विवाह भएको थियो तर एक वर्षदेखि उनीहरुबिच खटपट भएका कारण अलग बस्दै आएका थिए । केहि दिन पहिले गाउँका मानिसहरुले उनीहरुलाई सँगै राखेर सम्झाउने कोसिस गरेका थिए तर त्यसको केहि निष्कर्ष निस्कन सकेको थिएनँ ।
इन्डिया टुडेका अनुसार बैठक पछि कानन भारतको तामिल राज्यभित्रको कुमारपुरमस्थित आफ्नो घरमा गए जहाँ उनी आफ्ना आमा–बुवा, बहिनी र उनको परिवारसँग बस्दै आएका थिए । आरोपी महिला पांडेश्वरीले त्यहाँ पुगेर बाहिरबाट ताल्चा लगाइदिइन् र घरको चारैतर्फमा मट्टितेल छर्किएर आगो लगाइदिएको पुलिसले जानकारी दिएको छ । आगोका कारण कानन, उनका बुवा वेलू (६५), आमा पचियामल (५०), बहिनी सुगन्धी (३५), बहिनीका दुई बच्चा संगीता (१७) र संगीत (१२) को घटनास्थलमा नै मृत्यु भएको थियो भने १३ वर्षीय विनित छिमेकीले समयमै अस्पताल लगेका कारण बच्न सफल भएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses