प्रधानमन्त्रीज्यू न गाँस छ न वास, तरपनि सास जोगाएका छौ, अब अस्मिता कसरी जोगाउँ ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । भूकम्प पीडित महिलाहरुलाई अस्मिता जोगाउन समस्या परेको छ । १२ बैशाख दिउसो गएको भूकम्पले घरबास विनाश गरेपछि चार लाख परिवार पूर्णरुपमा खुल्ला आकाशमा बस्दै आएका छन् । 

पुरुषसँगै एउटै त्रिपालमुनी सुत्नु पर्ने भएपछि हजारौ महिलाहरु समस्यामा परेको छन् । गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, धार्दिड र काठमाडौैका केही क्षेत्रमा धेरै महिला पुरुष एउटै त्रिपालमुनी सुत्न बाध्य छन् ।

गोर्खा र सिन्धुपाल्चोकमा यो समस्या बढि देखिएको छ । गाउँभरका महिला र पुरुषहरु लहरै लागी त्रिपालमुनी रातविताउँदा केही समस्या आएको पीडितहरुले नै बताएका छन्  ।

चिन्दै नचिनेका पुरुषहरु पनि त्रिपालमुनीमा बास खोज्दै आउँछन् तर रातिमा महिला सुतेको स्थानसम्म पुग्छन्, गोर्खा बारपाकी एक महिलाले प्रधानमन्त्री सुशील कोइरालासँग गुनासो गरिन् । प्रधानमन्त्री कोइराला मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमण गर्न पुग्दा ती महिलाले यस्तो गुनासो गरेकी हुन् । ‘प्रधानमन्त्रीज्यू न वास छ न गास, तर पनि जसो तसो सास जोगाएका छौ तर अस्मिता बचाउँन मुस्किल परयो ।

महिलाहरुले अस्मिता रक्षाको माग गरेपछि प्रधानमन्त्री कोइराला भाबुक बनेका थिए । जवाफमा उनले भने ‘यो बिपत्तीको बेला कमजोर होइन बलियो बन्नुहोस, अपराधीक मानसिकताका मानिसलाई कारवाही हुन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses