आजको भूकम्पबाट ललितपुरमा एक जनाको मृत्यु, यसरी गयो ज्यान
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७२ वैशाख २७ गते 

ललितपुर, २७ वैशाख । आज अपराह्न ३.२३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ भूकम्पको पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले बताउनुभयो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा पराकम्पन आएको थाहा पाएपछि दौडने क्रममा लडेर मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो ।
सो सङ्ख्यासहित ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या १७७ पुगेको छ । रासस
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses