भूकम्पले सगरमाथाको उचाई घट्यो, काठमाडौं उपत्यकाको बढ्यो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौ । 

१२ बैशाखमा गएको विनाशकारी भूकम्पले विश्वको उग्लो शिखर सगरमाथाको उच्चाई घटेको छ भने राजधानीको उचाई बढेको छ । भारतीय उपमहाद्वीप र तिब्बती बाहृय पटल (प्लेट)बीचको जुधाइले सिर्जित विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घटेको हो ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले एकातिर सगरमाथाको उचाइ कम गरेको छ भने काठमाडौ उपत्यकाको उचाई बढाएको  छ ।

युरोपको सेन्टिनियल १ ए भूउपग्रहले बुधवार भूकम्प प्रभावित क्षेत्रमाथिबाट जाँदै लिएको तथ्यांकको प्रारम्भिक विश्लेषणले सगरमाथाको उचाइ २.८ सेन्टिमिटर कम भएको देखाइएको छ ।

डिस्कभरी र लाइभ साइन्स जर्नलको अनलाइन संस्करणले यससम्बन्धी जानकारी दिएको छ । यससँगै भूकम्पले गर्दा काठमाडौ वरिपरि १२० किलोमिटर लामो र ५० किलोमिटर चौडा क्षेत्रफलको सतह करिब एक मिटरमाथि उठेको छ । यसैकारण नै काठमाडौमा ठूलो क्षति भएको अनुमान गरिएको छ । भूउपग्रहले भूकम्प पहिले र पछि उपलब्ध गराएको तथ्यांकको तुलनात्मक अध्ययन वैज्ञानिकहरुले गरेका थिए ।

इन्टरफेरोग्रम भनिने तस्वीरको आधारमा सगरमाथा र काठमाडौको धरातलीय अवस्था विश्लेषण गरिएको डिस्कभरीले जनाएको छ ।
बेलायतको लिड्स विश्वविद्यालयका जियोफिजिसिस्ट टिम राइटले काठमाडौदेखि १७ किलोमिटर उत्तरमा सबैभन्दा बढी जमिनको सतह माथि उठेको जानकारी दिएको गोरखापत्रमा समाचार छ 
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses