भारतीय पत्रकारले बेलायती पत्रिकामा लेखिनः भारतीय टिभीले नेपाल भारत सम्बन्ध विगारे
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२८ बैशाख, काठमाडौं ।
नेपाल मामला जानकार भारतकी चर्चित महिला पत्रकार ज्योती मल्होत्राले भारतीय टेलिभिजनका कारण नेपाल र भारतको सम्बन्ध विग्रिने अवस्था आएको शीर्षकमा लेखेको आलेख बेलायतको चर्चित पत्रिका डेली मेलले प्रकाशित गरेको छ ।
उनले प्रष्ट शब्दमा भनेकी छिन्ः वर्षौं सम्म भारतीय पत्रकारहरुले नेपालप्रति भारतीय ‘ठूल्दाइ’ प्रवृत्तिको आधारमै रहेर सामग्रीहरु प्रकाशन र प्रसारण गरे जुन कुरा पछिल्लो विपत्तिको समयमा समेत प्रष्टरुपमा देखियो ।नेपाल मामला जानकार भारतकी चर्चित महिला पत्रकार ज्योती मल्होत्राले भारतीय टेलिभिजनका कारण नेपाल र भारतको सम्बन्ध विग्रिने अवस्था आएको शीर्षकमा लेखेको आलेख बेलायतको चर्चित पत्रिका डेली मेलले प्रकाशित गरेको छ ।
उनले भूकम्पको समयमा भारतीय मिडियाप्रति नेपालीहरुको प्रतिक्रिया जायज भएको भन्दै उनले केही वर्ष अघि एक भारतीय राजदुतले नेपालका पत्रिकाबाट भारतीय कम्पनीका विज्ञापन हटाउन दवाव दिएको कुरा समेत उल्लेख गरेकी छिन् ।
नेपालमा राजतन्त्र विरोधी आन्दोलनमा समेत भारतीय राजदुत र दुतहरुको भूमिका समेत स्मरण गराउदै उनले कतिपय राजदुत नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेर समेत नेपालमा प्रिय बनेको नजिर समेत प्रस्तु गरेकी छिन् ।
आन्दोलनका क्रममा रिपोर्टिङ गर्दा भारतीय पत्रकार नै प्रिय बनेपनि भूकम्पको समयमा गरेको उस्तै प्रकारको ब्यवहार ट्वीटरमा ह्याशट्याग सहित #GoHomeIndianMedia भन्ने ट्रेण्डिङमा परिणत भएको उनको भनाइ छ ।
भुकम्पमा छोरो गुमाएकी महिलालाई बारम्बारः कस्तो लागिरहेको छ ? भनेर सोध्ने भारतीय टेलिभिजनका एक पत्रकारको ब्यवहारले भारतीय टेलिभिजन कुनै विपत्तिको भन्दा पनि संवेदनहिनरुपमा प्रस्तुत भएको पुष्टी गरेको समेत उनले भनेकी छिन् ।
गत वर्ष भारतको उत्तराखण्डमा आएको बाढीको विपत्तिमा समेत भारतीय मिडियाले उस्तै प्रकारको रबैया देखाएको उल्लेख गर्दै ज्योती मल्होत्राले नेपालमा पनि भारतीय प्रधानमन्त्री मोदीको सहयोग भन्ने प्रायोजित हिसावले प्रस्तुत हुन खोजेका भारतीय टिभीका पत्रकार चिप्लिएको टिप्पणी गरेकी छिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses