आज मध्यान्हसम्म भूकम्पका ६ धक्का १२ बजेर १४ मिनेटमा पछिल्लो धक्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१४ जेठ
काठमाडौं, बिहिबार भूकम्पका ६ धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान गोरखा/धादिङ केन्द्रबिन्दु बनाएर ३ बजेर ७ मिनेट र ३ बजे ४० मिनेटमा ४ म्याग्निच्युड भूकम्प मापन गरिएको छ भने त्यसको करिब दुई घण्टा पछि ५ बजेर १२ मिनेटमा काठमाडौं केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको धक्का महसुस गरिएको थियो भने त्यसको १७ मिनेट पछि नै ५ बजेर २९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको पराकम्प मापन गरेको छ ।
यसका साथै ११ बजेर ३६ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प मापन गरेको छ भने १२ बजेर १४ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु पारेर ४.१ म्याग्नेच्युडको धक्का महसुस गरेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses