फैसला सुनेर अदालतमै रोए सलमान खान
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
May 6, 2015
एजेन्सी ।
मुम्बइको एक अदालतले बलिउड सुपरस्टार सलमान खानमाथि १३ वर्ष अगाडीको एक मुद्धामा लागेका सबै ७ आरोप पुष्टी गरेपछि उनी जेल जाने सम्भावना बढेको छ ।
सलमान खान माथि सन् २००२ मा लागेको हिट एण्ड रन मुद्धामा उनीमाथि लागेका सबै ७ आरोप सही भएको ठहर गर्दै फैसला सुनाउँदा सलमान खानले आँखाबाट आँसु झारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सलमान खानलाई हिरासतमा लिइएको छ । सलमान खानका परिवारका अन्य सदस्यका अनुहार पनि मलिन देखिएको सञ्चार माध्यमले जनाएका छन् ।
सलमानमाथिको मुद्धामा १० देखि १५ वर्ष सम्मको जेल सजायको फैसला हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सन् २००२ मा मुम्बइमा सलमानको गाडीको ठक्करबाट एक ब्यक्तिको निधन भएको थियो भने अन्य ४ जना घाइते भएका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses