पाँच सेकेन्डमै डेढ मिटर सर्‍यो काठमाडौं
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, ८ जेष्ठ

वैशाख १२ गते विनाशकारी भूकम्प जाँदा पाँच सेकेन्डमै काठमाडौं सहर डेढ मिटर पर सरेको पत्ता लागेको छ।
५० सेकेन्डभन्दा लामो भूकम्पको धक्का महसुस गरे पनि काठमाडौं भने पाँच सेकेन्डमै दक्षिणपश्चिम सरेको अमेरिकी वैज्ञानिकले पत्ता लगाएका हुन्। अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक वैज्ञानिक रोजर बिहामले संसारमा यति छोटो समयमा यति ठूलो सहर सरेको उदाहरण नभएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ।
पाँच सेकेन्डमा काठमाडौं डेढ मिटर सरेको छ, उने भने- यो संसारका कुनै पनि राजधानीमा भएको छैन। वैज्ञानिकहरूलाई जमिनको हल्लाइ र काठमाडौं सर्नुको कारण पत्ता लगाउन अप्ठ्यारो भइरहेको पनि उनले बताए। भूकम्पमाथि छलफल गर्न काठमाडौं आएका बिहामले काठमाडौंमा भूकम्पका धेरै व्यवहारले आफूहरू अचम्ममा परेको बताए। काठमाडौंभन्दा उत्तरतर्फको भूभाग अग्लो भएको उदाहरण दिँदै उनले भूकम्पको धक्काले काठमाडौंलाई कोल्टे बनाएको बताए। एकातिर भिरालो र अर्कोतिर उच्चा भएको छ। यसले पानीको सतहमा पनि फेरबदल ल्याएको छु,- बिहामले भने।
अग्लो भएको ठाउँतिर पानीको सतह माथि आएको र अरूतिर पानीको सतह तल झरेको पनि उनले स्पष्ट पारे। नापी विभागले यसअघि काठमाडौंको जमिन सरेको बताए पनि समय वा दिशाबारे केही भनेको थिएन। विभागले विभिन्न ठाउँमा राखेका जीपीएस बिन्दुका आधारमा सबैभन्दा धेरै नगरकोट माथि उचालिएको जनाएको थियो।
वैज्ञानिक बिहामले संसारभरि भएका भूकम्पका घटना र प्रकृति अध्ययन गर्दा नेपालको भूकम्प धेरै कारणले अनौठो भएको बताउँदै संसारभरिका वैज्ञानिकले अनुसन्धान गरिरहेको जानकारी दिए। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको रप्चर (जमिनमुनि पर्ने चिरा) आधा बाटोमा रोकिएको आशंका पनि उनले गरे। दुई प्लेट जुध्दा उत्पन्न हुने शक्तिले त्यसलाई अझै धकेल्न खोजिरहे पनि केहीले रोकेका कारण अघि बढ्न नसकेको उनले बताए।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses