नेपालमा फेरी भूकम्पको धक्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, आषाढ ११ 

 गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।

शुक्रबार मात्रै साँझसम्म ४ म्याग्निच्यूडमाथिका दुईओटा पराकम्पन मापन भएका छन् ।
शुक्रबार साँझ ६ बजेर २ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको हो ।

शुक्रबारै दिउँसो २ बजेर ४५ मिनेटमा ललितपुर केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, विहीबार ४ म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन मापन भएका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses