राहतको आस गरेका धनी घर मालिकहरूलाई झट्का, भत्केको घर आफै भत्काउनुपर्ने
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ जेठ २९ गते
काठमाडौं, २९ जेठ । भूकम्पका कारण जोखिममा परेका घरहरु समबन्धित धनीले नै भत्काउनुपर्ने भएको छ ।
सरकारले तयार पारेको कार्यविधिमा प्राविधिकहरुले निरीक्षण गरेर भत्काउनुपर्ने भनेका भवनलगायत संरचना सम्बन्धित धनीले आफ्नै खर्चमा भत्काउनु पर्ने उल्लेख छ ।
‘प्राविधिकले भत्काउनुपर्ने भनेका, तर भत्काउन जोखिम नभएका घरहरु सम्बन्धित घधनीलेनै भत्काउनुपर्ने हुन्छ,’ स्थानीय विकाश मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिरारज आचार्यले भने, ‘घरधनीबाट जोखिमयुक्त संरचना हटाउन असम्भव रहेको भनी निरीक्षण टोलीले प्रतिवेदन दिउमा मात्रै सरकारी टोलीले हटाउने गर्छ ।
घर भत्काउने कामको संयोजन निम्ति सरकारले सहरी विकाश मन्त्रालयका सहसचिव संयोजक रहने केन्दीय निर्देशन समिति गठन गर्ने भएको कान्तिपुर दैनिकले छापेको छ ।
स्रोत - दैनिक नेपाल डटकम
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses