यस्ता पनि पत्रकार : कलीला केटी त देख्नै नहुने ….
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
राजेश हमालको नाम लिदै केटी खेलाउदै
संचारकर्मी हरि पोख्रेलको कालो कर्तुत छताछुल्ल हुने गरी पोखिएको छ । टेलिभिजन कार्यक्रमको नाममा उनले दर्जनौ युवतीहरुलाई फसाएर यौन प्यास मेट्ने गरेको र युवतीको जीवनमा खेलबाड गरेको तथ्य केहि समय अघि सार्बजनिक भएको छ । उनले कार्यक्रमका नाममा टिनेजर १६,१७ वर्षका युवतीलाई ललाई फकाई, पिट्दै लघार्दै यौन पिपासुले भोको यौनको खेलौना बनाएको भनि पछिल्लो समय संचारमाध्यममा सनसनी पूर्ण खबर मच्चिएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता हरि पोख्रेलको वास्तविक रुप यस्तो छ ।
पीडित युवती र अभिभावकले पटक–पटक उजुर गरी प्रहरीले हिरासतमा राख्दै छाड्दै गर्दा पनि ठूला मिडियाले हरिलाई संरक्षण गरिरहनुपर्ने कारण के तरु हो यस्तै साबित भयो हरि पोखरेललाई । कान्तिपुर टेलिभिजन र महानायक राजेश हमालको समेत नाम भजाउने हरि पोखरेलले इन्दु अधिकारी र ईशानी रौनियारको जीवन खेलबाड गरे, उपयोग गरे ।
नौ कक्षामा पढ्दै गरेकी इन्दुलाई ललाइफकाई भगाए
पोखरेलले नौ कक्षामा पढ्दै गरेकी इन्दुलाई ललाइफकाई भगाए । अहिले उनीतर्फबाट एक छोरा छ । इन्दुको नागरिकता हरिकै थर जोडिएर बन्यो । यही जेठ १३ गते उनीहरू बसेकै कोठाबाट सपना ढकालसँग रंगेहात प्रहरीले राति १० बजे समात्यो । इन्दु माइतीतिर गएका बेला कोठामा सपनासँग एउटै कोठा र ओछ्यानमा बसेका हरि उपर बहुविवाहको उजुरी पर्यो तर स्वयम्भु प्रहरीले १४ गते बिहानै सपनालाई बाबुआमा बोलाएर नभई हरिकै जिम्मा लगाएर छाड्यो ।
गत फागुन २६ गते मदिराले लठ्ठ भएर नयाँबजारस्थित कोठामा गएका हरिले श्रीमती इन्दुलाई पिट्नु सम्म पिटे । एसएलसीमाथि पढ्न नसकेका हरिले उनका सबै दुर्व्यवहार र पिटाई सहँदै स्नातकोत्तर गरिसकेकी श्रीमतीलाई प्रायः गर्ने कुटपिटबाट आत्तिएका छिमेकीले पाँचवर्षे छोरा र श्रीमतीको रुवाबासी सुन्न नसकी प्रहरीलाई खबर गरिदिए ।
चलाख हरिले प्रहरीलाई घरभित्रको मामला भनी फर्काइदियो । यो घटनाबाट दिक्क भएका दाजुले श्रीमतीलाई हरिकोमै बस्न पठाइदिए । प्रहरी फर्कनासाथ उनले फेरि श्रीमती र छोरालाई भकुरेर आफू ठूलो दादा भएको बताए । भाउजूले जति कोसिस गरे पनि रोक्न नसकेपछि राति १० बजे आफ्नै कोठामा गइन् । केही क्षणपछि उनी त्यहीँ पुगे र बबाल मच्चाउन थाले । त्यहीँ पनि फेरि श्रीमतीलाई पिट्न थालेपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी आउनासाथ उनी त्यहाँबाट भागे ।
क्विज कार्यक्रममा भाग लिन आएकी ईशानीसँग मायाको नाटक
त्यसअघि कान्तिपुरमै सञ्चालित क्विज कार्यक्रममा भाग लिन आएकी ईशानीसँग कार्यालयको ढोकामा निस्कँदै गर्दा मोबाइल नम्बर मागे र पटक–पटक फोन गरी मायाको नाटक गरे । ईशानीलाई फसाइसकेपछि कार्यालयमै कुट्न थाले । पहिले जागिर दिनेलाई धोका दिएर बुद्धनगरमा एक्रेटिभ मिडिया खोलेका छन् । यही कार्यालयमै उनले ईशानीलाई कुटपिट गरी घाइते बनाएका छन् । त्यहीँस्थित ह्याम्स अस्पतालमा उनको उपचार गरिएको थियो ।
फोन त केटी मान्छेले उठाएकी थिइन् नि
घरमा श्रीमती र छोरा भएका हरिले आफू अविवाहित रहेको ईशानीलाई बताएका थिए । हरि मदिराले लठ्ठ भई सुतेको बेला राति १ बजे ईशानीको फोन आयो । श्रीमतीले उठाइन् । ईशानीले को बोलेको भनेर सोध्दा यताबाट श्रीमतीले हु इज स्पिकिङ भन्नासाथ लाइन काटियो । भोलिपल्ट इशानीले राति फोन त केटी मान्छेले उठाएकी थिइन् नि भनेर सोध्नासाथ हरिले मेरो मामु हो, गाउँबाट आउनुभएको छ भनेर जवाफ फर्काए । यी सबै कुराको भेद तब खुल्यो जब हरिबाट पीडित इन्दु र ईशानीले पीडा साटासाट गरे । त्यतिबेला ईशानीले ओहो कस्तो राम्रो परिवार रहेछ, गाउँमा बसेर पनि अंग्रेजीमा बोल्न सक्ने भनेकी थिइन् ।
घरकी श्रीमतीलाई त कुटेर हैरान पार्थे नै । अहिले पनि इन्दुका मुहार तथा शरीरमा जे पायो त्यसले हानेर भएका घाउका खत छन् । त्यसैगरी उनले ईशानीलाई पनि पिट्न थाले । पाँचकोठा भएको कार्यालय लिएका उनले एउटा कोठामा आरामका लागि भनी खाटसहित राखेका छन् । त्यहीं ईशानीलाई हिर्काएर घाइते बनाए । दुव्र्यवहार र पीडा सहन नसकेपछि ईशानी भागेर ललितपुरस्थित घरमै गइन् । केही दिनपछि केटीको घरमै गई उनकी आमालाई जथाभावी गाली गर्दै मेरी श्रीमती हो, किन भेट्न दिन्नौ भनी हैरानी दिएपछि उनले प्रहरीलाई खबर गरिन् । त्यसबेला हरि १२ दिनसम्म ललितपुर प्रहरीको हिरासतमा बसे । इन्दूले नै गएर छुटाइन् ।
हरि अहिले सपनासँगै बस्छन् । सपनाले फेसबुकमा पूर्वीय संस्कारअनुसार श्रीमान–श्रीमतीको हैसियतमा रहको स्ट्याटस राख्दै आएकी छन् । बीस नपुगेका युवतीलाई सहजै पट्याउने र घरकी श्रीमतीलाई मार्ने धम्की दिने हरि ९धम्कीका रेकर्ड प्रहरीमा पुगेको अस्ति दिनभर लैंगिक हिंसा गरेको उजुरी परेपछि कालीमाटी प्रहरी वृत्तमा बसेर बयान दिए ।
राजेश हमालको नाम समेत भजाएर युवती फसाए
कान्तिपुर टेलिभिजनमा राजेश हमाललाई उभ्याएर क्विज म्यानिया चलाउँदै आएका उनले हमालको नामसमेत भजाएर युवतीहरूलाई फसाउने गरेको प्रधानमन्त्री कार्यालय, महिला आयोगलगायतमा परेको उजुरीमा उल्लेख छ । चाँदी रङको भल्क्सवागेन बा१०च ८५६३ नम्बरको कारमा हिँड्ने उनीसँग हरदम युवती हुने गर्छन् । यी युवतीको परिचय भने स्टाफका रुपमा हुने गरेको जेठ २० गते बुधबार जनआस्था साप्ताहिकमा खबर छ ।
साभार : संगित खबर डट कम
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses