नाक बन्द, टाउको दुख्ने: कतै तपाईंलाई पिनास त भएको छैन ?
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नाक बन्द, टाउको दुख्ने: कतै तपाईंलाई पिनास त भएको छैन ?
पिनास भनेको के हो ?
के कारणले हुन्छ ?
वायुविवरहरुको भित्री मार्गमा केही गरी रोकावट आएमा, हावा राम्रोसँग आवत जावत हुन पाउदैन र वायुविवर भित्रका फोहोर मैला बाहिर आउन सक्दैन । वायुविवरका मुखहरु बन्द हुनुमा एलर्जी, ब्याक्टेरिया र भाइरसको संक्रमण नै प्रमुख कारणहरु हुन् भने नाकको भित्री भागमा मासु पलाउनु, ट्यूमर आदिले पनि पिनास गराउन भूमिका खेल्दछ साथै चुरोटको धुवांँ र वायुप्रदुषणले पनि पिनास गराउन सक्दछ ।
पिनासका लक्षणहरु के के हुन् र?
पिनासको धेरैवटा अवस्थाहरू हुन्छ। प्रारम्भिक अवस्थामा यसलाई सामान्य मानिन्छ तर विस्तारै यो रोग जटिल बन्दैजान्छ। एलोप्याथिक पद्धतिमा साइनस समस्या अस्त्रोपचार वा सर्जरीद्वारा हटाइन्छ तर पनि खाद्य-पदार्थहरूमा अतिनै ध्यान पुर्याउनुपर्छ। आयुर्वेदमा कतिपय झार-पातहरूको प्रयोग गरेर प्रारम्भिक वा मध्यम अवस्थाको पिनास दूर गरिन्छ।
पिनास लाग्दा टाउको (आधा वा पूरा) दुख्ने, अनुहारमा चिलाएजस्तो वा केही काउकुती लागेजस्तो हुने अथवा असहजपन महसुस हुने, नाकभित्र दबाउ परेजस्तो वा दुखेजस्तो हुने, हल्का ज्वरो आउने, नाकको नली खुल्ला नभएर हल्का बाधित अवस्थामा हुने, नाकभित्र के-के अड्किएर बसेजस्तो लाग्ने, यस्तैगरी सामान्य रूपमा घाँटीमा समेत दुख्ने वा खोकी पनि लाग्नेगरेको कहींकतै देखिएको छ। कुन कारण साइनस भएको हो भन्नेबारे परीक्षण गरेर मात्र थाहा पाउनसकिन्छ। ब्याक्टेरिका संक्रमणमा पिनास लागेको हो भने एलोप्याथिक पद्धतिमा एण्टिबायोटिक चलाएर उपचार गरिन्छ।
उपचार समयमै नगर्दा हुने जोखिमहरु
नाक भित्र रगत र पीप जमेर नाकको हड्डी कुहिने, नाक बाट रगत बगिरहने, नाक भित्र मासु बढ्ने, जिब्रो माथिको मुखको भाग तालु प्वाल पर्ने, कान बिग्रने लगायत मस्तिष्क सम्म संक्रमण भै रोगीको मृत्यु समेत हुन सक्छ ।
होमियोप्याथिक उपचार
पिनासको उपचार समयमै गरे यसवाट सजिलै छुटकरा पाउन सकिन्छ । होमियोप्याथिक उपचार पद्दती पिनासको उपचारका लागि अत्यान्तै प्रभावकारी मानिन्छ । हुनत यस उपचार पद्दतीमा बिरामीको मानसिक अवस्था, शारीरीक बनोट र संवेदनात्मक अवस्थालाई सूक्ष्म र विश्लेषणात्मक अध्यायन गरी, पिनास हुने मुख्य कारण पत्ता लगाई औषधि दिनु पर्ने हुन्छ ।
समान्यतया निम्न होमियोप्याथिक औषधीहरु प्रयोग गरिन्छ ।
अउरम मेटः— नाक सुनिन्ने, रातो हुने, दुख्ने, नाकको प्वाल रातो भई पहेलो वा हरियो रङ्गको पीप आउनेमा दिने ।
काली विचः— रगत मिसिएको बाक्लो पीप आएमा दिने । नाइट्रिक एसिडः— पारो खाएर वा बुबाआमामा भएको भिरीङ्गीबाट केटाकेटीलाई ब्याथा भएमा दिने । मर्क बिन आयोडः—नाक सुनिएर दुखेमा,राती दुखाई बढेमा, नाकबाट रगत मिसिएको दुर्गन्धित पीप आउने,नाकको हड्डी कुहिने भएमा दिने ।
आरसेनीक अल्बा ः—नाकपोल्ने, दुर्गन्धित पीप आउने, बिरामी अति नातागत९नाकबाट बढी रगत बग्ने० भएमा दिने ।
एलर्जीबाट हुने पिनासका लगि सामान्यतया चिसोबाट हुने एलर्जीमा सेन्गुइनरिया २००, दिनमा दुई पटक एक हप्ता सेवन गर्नाले राम्रो हुन्छ,
धुलो धुवाँंबाट हुने एलर्जीका लागि ट्यूबरकुलिनम १० एम एक पटक लिएर पोथोज मूलआर्क दैनिक तीन पटक सेवन गर्नाले आराम हुन्छ ।
नाकमा मासु पलाएर हुने पिनासको लागि क्यालकेरिया कार्व २००, दैनिक लिएमा राम्रो हुन्छ भने साइलेसिया ३०, कालीविच २००, थुजा २००, क्यालकेरिया फस ६ पिनासको प्रकृति हेरी लिन सकिन्छ ।
त्यास्तै लेम्ना माइनर, ऐर्वा सन्टा र टि। एम। भी। मूलआर्क सेवन गर्दा बिरामीलई धेरै फाइदा हुन्छ ।
पिनासका बिरामीहरुले खान नहुने कुराहरु
दहि, दूध, केरा, माछा, मासु, अन्डा, चिल्लो, चिसो र फ्रिजमा राखेको खानेकुरा नखाने । तरकारीहरुमा तामा, फर्सी, बैगुन, गोलभेडा, पिडालु, मूला, तितेकरेला, बकुल्ला, तोरीको साग खानु हुदैन । नाकबाट रगत बगिरहने, पिनासको कारणले नार्थी फुट्ने बिरामीले बढि तातो, गरम मसला युक्त खानेकरा, मरिच, अदुवा, दालचिनी आदि खानु हुदैन । पिनासले अत्यान्तै सताइरहने बिरामीहरुले उसिनेर बनाएको खानेकुरा खानु उपयुक्त हुन्छ ।
पिनास हुँदा पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।
पिनास हुन बाट कसरी बच्ने र?
पिनास भएका बिरामीले प्रसस्त पानी पीउने जसले गर्दा शरीरमा पानीको मात्रा कमि हुन दिदैन र पिनास सुख्खा हुन बाट बचाउछ । दैनिक रुपमा सफा पानी र नुनपानीले नाक सफा गर्ने । नाकको भित्री सतहमा हुने रौहरुलाई असर गर्ने सुख्खा हावापानी ,चुरोटको धूवाँ, धुलो, प्रदुषण, विभिन्न रसायनहरुले एलर्जी हुनेहँुदा ती कुराहरु बाट बच्नुपदर्छ । पिनासका बिरामीहरुले धूलो र धूँवा बाट बच्न बाहिर हिड्दा माक्सको प्रयोग गर्ने । पिनासको समस्या चिसो बाट बढ्ने हुँदा चिसो खानेकुरा नखाने र चिसो मौसममा न्यानो भएर बस्नु पर्दछ ।
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको मात्रा कमि हुन दिदैन रसाइनसहरु पनि सुख्खा हुनबाट बचाउँछ।
२) नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।
३) धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ। नाकको भित्री सतह त्यसमा हुने रौंहरुलाई खराबअसर पुर् याउने चुरोटको धँुवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।
घरमा के गर्नसकिन्छ?
बाफ लिने काम ः एउटा वर्तनमा 10-15 वटा तुलसीको पात हाल्ने र त्यसमा उम्लिएको पानी खन्याउने। त्यसको बाफ दिनमा कम्तीमा 3 चोटि लिने। यो पिनासको घरेलु उपचार गर्ने पद्धति हो।
योग : प्राणायामको रूपमा कपालभाती गर्दा प्रदूषक निस्किन्छ र पिनासको समस्या स्वतः हराउँदैजान्छ।
मेथीले नाक बन्द हुन कम गराउँछ। मेथीको दाना पानीमा उमालेर बिहान बेलुकी सेवन गर्नसकिन्छ। चियामा मेथीको पाउडर हालेर पिउनेगर्दा लाभ पाइन्छ। हल्का तातो पानीमा एक चम्ची मह फिटेर दैनिक एक महीनासम्म खाँदा पिनास नियन्त्रणमा मद्दत गर्छ। यस्तै गरी तुलसी, मरिच अनि अदुवा थोरैथोरै बटुलेर पिसी एउटा वर्तनमा एक गिलास पानीमा उमाल्ने र राम्ररी घोल बनिएपछि दिनमा दुइचोटिको दरले पिउने। यस्तैगरी कालो जिरा, तुलसीको पात र थोरै अदुवाको काढ़ा बनाएर दिनमा दुइचोटि माथि उल्लेख गरेजसरी पिउनसकिन्छ। अथवा तीन ठूलो चम्ची ज्वानो तावामा रातो हुञ्जेल भुट्ने, त्यसलाई एउटा पातलो रूमालमा बाँध्ने र निधार, नाक आदि ठाउँमा सेक्ने। नीलगीरीको तेलको बाफ लिने आदि। गलामा समस्या भएमा एक गिलास पानीमा आधा चम्ची हर्दी फिटेर बिहान-बेलुकी दिनमा दुइचोटि पिउने (यसमा एण्टिब्याक्टेरियण गुण हुन्छ)। यी घरेलु उपायद्वारा पनि पिनासको रोकथाम तथा उपचार गर्नसकिन्छ तर खानपीनमा धेरै ख्याल गर्नुपर्छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses