प्रधानमन्त्रीले राजिनामा दिएको ट्वीटले तरंग
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

८ भदौ, काठमाडौं ।

कैलाली लगायत देशका विभिन्न स्थानमा तनावपूर्ण अवस्था कायम रहेको समयमा मंगलबार दिउसो प्रधानमन्त्रीकै नाममा खोलिएको ट्वीटर अकाउन्टबाट राजिनामा घोषणा गर्दै ट्वीट भएपछि धेरै अचम्मित भए ।

केही समय सम्म प्रधानमन्त्रीको ट्वीट ह्याक भएको हो कि भन्ने आशंका पनि ट्वीटेहरुले गरे तर यो प्रधानमन्त्रीको आफ्नै नभएर उनको नाममा खोलिएको उस्तै देखिने फर्जी अकाउन्टबाट भएको ट्वीट थियो ।




ट्वीटमा- ‘आज मिती २०७२ भाद्र ०८ बाट प्रधानमन्त्री पदमा नरहने व्यहोरा जनाई, राष्ट्रपति रामवरण यादव समक्ष राजिनामा पेस गरेको खुलासा गर्दछु | जय नेपाल’ लेखिएको थियो ।

तर पछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले प्रधानमन्त्री कोइरालाको आधिकारिक ट्वीटरबारे जानकारी दिँदै उस्तै देखिने अकाउन्टबाट आएका जानकारीलाई वेवास्ता गर्न आग्रह गरेपछि कुरा स्पष्ट भयो ।


प्रतिक प्रधानले भनेका छन्- ‘प्रधानमन्त्री सुशील कोइरालाको आधिकारिक ट्विटर एकाउण्ट @PM_Nepal हो। अन्य उस्तै खालका एकाउण्टबाट आएका गलत सुचना बेवास्ता गर्न अनुरोध गर्दछु’  ।

प्रधानमन्त्री कोइरालाको ट्वीट आफैले भन्दा पनि उनका सहयोगीहरुले चलाउने गरेको बताइन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses