गरिमालाई अंकमाल गर्दै प्रधानमन्त्रीले भने-‘राम्रो गरिछौ’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ ६ गते ११:००
नायिका गरिमा पन्तलाई लाग्थ्यो राजनीतिक दलका शीर्ष नेताहरुले नेपाली चलचित्रप्रति त्यति धेरै चासो राख्दैनन् । गरिमाले कतिपय चलचित्र कार्यक्रममा उपस्थित हुनुलाई पनि नेताहरुको वाध्यताका रुपमा बुझेकी थिइन् । तर, प्रधानमन्त्री सुशिल कोईरालाले नेपाली चलचित्रप्रति देखाएको चासोले उनी निकै उत्साहित भइन् ।
गरिमाले बीपी कोईरालाद्धारा लिखित ‘तीन घुम्ती’ उपन्यासमा आधारित चलचित्र ‘तीन घुम्ती’ प्रदर्शनको अवसरमा प्रधानमन्त्री कोईरालासँग केहीवेर गफिने अवसर पाइन् ।
बीपीका कृतिहरु मध्ये ‘तीन घुम्ती’ आफुलाई बढी मन परेको कुरा गरिमासँग शेयर पर्दै प्रधानमन्त्री कोइरालाले ‘इन्द्रमाया’ को सुटिङ कुन ठाँउमा कसरी भयो भनेर सोधेका थिए । गरिमाले सुटिङवारे जानकारी दिएपछि ट्रष्टलाई रोयल्टी दिएको नदिएको वारेमा पनि बुझे । यती कुराकानीपछि चलचित्र सुरु भयो ।
चलचित्र हेरुन्जेल पनि गरिमालाई लागिरह्यो ‘प्रधानमन्त्री कोईरालाले कस्तो प्रतिक्रिया दिने हुन् । ‘कस्तो प्रतिक्रिया दिनुहुन्छ भन्ने एक किसिमको छटपटी मलाई भइराखेको थियो’-अनलाइनखबरसँग कुरा गर्दै गरिमाले भनिन् । प्रधानमन्त्री कोईरालासँग उनको यसरी कुराकानी भएको पहिलो पटक थियो ।
यसअघि चलचित्र ‘झोला’ वाट नेशनल अवार्ड पाएपछि समुहमा प्रधानमन्त्रीलाई भेट्न गएकी गरिमाले समुहमै प्रधानमन्त्री कोईरालासँग फोटो शेसन गरेपनि कुराकानी गर्न पाएकी थिईनन् ।
जब चलचित्र सकियो । प्रधानमन्त्री कोईराला उनी भएको ठाउँमा आए र पहिला हात मिलाए, हक गरेर बधाई दिए । उनको भनाई अनुसार प्रधानमन्त्री कोईरालाले आफुले किताबमा पढेको र चलचित्रमा हेरेको इन्द्रमायाको चरित्रमा समानता भेटेकोे जानकारी दिएका थिए । ‘तिमीले निकै राम्रो अभिनय गरेकी रहिछ्यौ यस्तै गर्दै जानु भन्नु भयो ।’ गरिमाले भनिन् ।
बाबुराम ढकालले निर्देशन गरेको चलचित्रको लण्डन र नेपालका एक साथ प्रिमियर गरिएको हो । चलचित्र हेर्न नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजाल, अर्थ मन्त्री डाक्टर रामशरण महत्त, नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला लगायतका मन्त्री तथा राजनीतिक दलका नेता पुगेका थिए ।
0 comments
Write Down Your Responses