एसएसपी सहित मृत्यु हुने संख्या २१ पुग्यो
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कैलाली, ७ भदौ । प्रदर्शनकारीको घरेलु हतियार प्रहारबाट कैलालीमा एसएसपी सहित १८ जना सुरक्षाकर्मी र ३ जना थरुहटका कार्यकर्ताको ज्यान गएको बताइएको छ । ज्यान गुमाउनेमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दार ललित राउत र लक्षण खड्का र प्रहरी जवान लोकेन्द्र चन्द र रामबिहारी चौधरीको मात्रै नाम सार्वजनिक भएको छ ।
कैलालीको टिकापुरमा आन्दोलनरत थरुहटका कार्यकर्ताले सुरक्षाकर्मीहरु माथि खुँडा, भाला, छुरा लगायतका घरेलु हतियार प्रहार गरेका थिए ।
खुँडा र भालासहित आएका थरुहटका कार्यकताले निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोजेको र त्यसलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । केहीदिनदेखि टीकापुरमा राती कर्फ्यु र दिउँसो निषेधाज्ञा जारी हुने गरेको थियो । सोमबार पनि दुई बजे देखि कर्फ्यु जारी गरिएको थियो । थारु बाहुल्य क्षेत्रलाई थरुहट राज्यको घोषणा गर्न माग गर्दैै थरुहटले आन्दोलन गरिरहेको छ ।
0 comments
Write Down Your Responses