Feature,
Politic
»
आन्दोलनलाई हिंसात्मक बनाउन बाबुराम भट्टराईको हात रहेका : लेखराज भट्ट –
आन्दोलनलाई हिंसात्मक बनाउन बाबुराम भट्टराईको हात रहेका : लेखराज भट्ट –
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Published On: August 27, 2015
एकीकृत नेकपा माओवादीका नेता लेखराज भट्टले थरुहट आन्दोलनलाई हिसांत्मक वनाउन आफ्नै पार्टीका नेता डा वावुराम भट्टराइको भुमिका रहेको आरोप लगाउनुभएको छ ।
न्युज २४टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दे नेता भट्टले आफ्नै पार्टीका जिम्मेवार नेता पुर्व प्रधानमन्त्री भट्टराईको अभिव्यक्तिका कारण थारुहट आन्दोलन चर्केको आरोप लगाउनु भयो । उहाँले बिभिन्न व्यक्ति र समुहकै कारण कैलालीको टीकापुरमा नेपाल प्रहरीका एएएसपी सहित ८ जनाको हत्या भएको बताउनु भयो । यस्तो गैरजिम्मेवार अभिव्यतिm दिने डा. भट्टराइलाइ पार्टीले कारवाही गर्नु पर्ने पनि वताउनुभयो । तर नेता भट्टले भट्टराई पार्टीको सर्वेसर्वा भएकाले उहालाई कारवाही नहुने पनि प्रष्ट पार्नु भयो । उहाँले पार्टीले कमजोरलाई कारवाही गर्न भन्दै आफुले यो विषय उठाएपछि आफै कारवाहीमा पर्न सक्ने बताउनु भयो । यस अघि पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले पत्रकार सम्मेलन गर्दै माओवादी नेता भट्टराईको गैर अभिव्यतिm दिएर टीकापुरमा सामप्रदायिक दंगा भड्काउने प्रयास गरेको आरोप लगाउनु भएको थियो ।
www.etajakhabar
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses