वामदेवलाई अमरेशको चुनौतीः ‘तपाईँसँग अडियो भए मसँग दमनको भिडियो छ’
काठमाडौं, भदौ १– गृहमन्त्री वामदेव गौतमले सीमांकनबारे भएका आन्दोलनमा अराजक भीडमाथी बल प्रयोग गर्नु सामान्य भएको टिप्पणी गरेका छन् ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा सुर्खेतमा प्रहरीले गोली प्रहार गरी आन्दोलनकारीको हत्या गरेको र राजधानीमा पुर्व गृहमन्त्री कमल थापा लगायतका नेताहरुमाथी भएको प्रहरी आक्रमणकाबारे जवाफ दिन पुगेका गौतमले पिएसओ लिएका भरमा निषेधित क्षेत्र तोड्न नमिल्ने उल्लेख गरे ।
कमल थापा गृहमन्त्री भएका बेला आफूमाथि प्रहरीले चार्ज गरेको घटना सुनाउँदै गौतमले कड्किदै भने, ‘एकपटक म निषेधाज्ञा सुरु हुने क्षेत्रमा नाराबाजी गर्दै थिएँ, ठिक त्यहिबेला मलाई प्रहरीले ढल्नेगरी हान्यो । शरीरभरी कत्ति निलडाम बसे कुरा गरी साध्य छैन तर, टाउकोमा दश टाँका लगाइयो । कमल थापा गृहमन्त्री थिए, मेरो पनी पिएसओ थियो ।’
त्यस्तै सुर्खेतको गोली काण्डबारे स्पष्टिकरण दिँदै गृहमन्त्री गौतमले सभासद्हरुको घर घेर्न गएका भिडले जथाभावी गर्न खोजेपछी प्रहरीले रबरको गोली चलाएको बताए । गोली रबरको कि फलामको भन्नेबारे जवाफ दिँदै उनले भने, ‘प्रहरीसँग जुन गोली हुन्छ त्यही हान्ने हो,तर छाती ताकेर हानेको हैन ।’
शसस्त्र प्रहरीलाई पक्राउ अधिकार दिएको बारे सभाषद्हरुले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्रिपरिषद्को विद्येयक समितीले कानुन बनाएर राजपत्रमा प्रकाशित गरेको भन्दै त्यो ठिक होकी बेठीक भन्नेबारे अबका दिनमा छलफल गर्न सकिने बताए । शसस्त्रको कानुनमै पक्राउ अधिकार भएको दाबी गर्दै गौतमले भने, ‘दुई प्रहरी बिच मुठभेट गराउन खोजको कुरा सत्य होइन । मसँग दुबै आइजिपीले सहमती सहित हात मिलाएर उठेका थिए ।’
बामदेवलाई अमरेशको यस्तो चुनौती
कांग्रेस सभासद् अमरेश कुमार सिंह लगायतका नेताहरुले देश टुक्र्याउने अभिब्यक्तिको अडियो रेकर्ड बारे राज्य ब्यवस्था समितीको अर्को बैठकमा छलफल हुने भएको छ । आगामी भदौ ५ गते बस्ने बैठकमा यसबारे छलफल गरिने सभापती दिलबहादुर घर्तीले जानकारी दिए ।
गृहमन्त्री गौतमले सोमबार सभामुखलाई यसबारेको अडियो रेकर्ड बुझाएपछी सभामुखले यसबारे छानविन गर्न राज्यब्यवस्था समितीलाई निर्देशन दिएका थिए ।
आजको बैठकमा यसबारे आपत्ति जनाउँदै सभाषद् अमरेश कुमार सिंहले भने, ‘गृहमन्त्री ज्यु,हामिले बोलेको तपाईसँग अडियो रेकर्ड होला तर हामिसँग प्रहरी दमनको भिडियो छ ।’ प्रहरी प्रशासनले यसैगरी दमन गर्दै गएमा जनताले विद्रोह गर्ने चेतावनी दिँदै सिंहले भने, ‘अधिकारको लागी लडेको हुँ,सक्नुहुन्छ भने जेल हाल्नुस् ।’ आजको बैठकमा बोल्ने अधिकांश सभासद्हरुले सिमांकनबारे भएको आन्दोलनमा प्रहरीले दमन गरको भन्दै आपत्ति जनाएका थिए ।
0 comments
Write Down Your Responses