कैलालीमा अनिष्ट हुने सूचना वर्षमानलाई चार दिन पहिले नै
भिडियो हेर्न तलको बाकस थिच्नुहोस






काठमाण्डु, ९ भदौ– कैलालीमा एसएसपीसहितका प्रहरीको विभत्स हत्या भएको खबर आउनासाथ सोमबार साँझ बसेको एमाओवादी पदाधिकारी बैठकमा सचिव वर्षमान पुनले यस्तो हुँदैछ भनेर आफूले चार दिन पहिले नै थाह पाएको बताएका छन् ।

बैठक सकेर हिँड्ने बेलामा उठीउठी उनले विश्वस्त स्रोतबाट मधेसमा दुई–तीन सय मान्छे मार्ने र संविधान रोक्ने षड्यन्त्र भइरहेको सूचना पाइएको सुनाए । तर सूचना स्रोतबार भने केही पनि बताएनन् ।
नेतालाई पनि खतरा
कैलाली घटनापछि प्रमुख ३ दलका नेतालाई खतरा देखिएको भन्दै प्रहरीले आफूखुसी सार्वजनिक कार्यक्रममा सहभागी नबन्न सचेत गराएको छ ।
संविधान घोषणा नभएसम्म स्थिति असहज हुन सक्ने र संविधान घोषणा भएको केही दिनसम्म अस्थिरता सिर्जनाको प्रयन्त गरिने सुरक्षाकर्मीको अनुमान छ ।
सुरक्षा प्रमुखको बैठकपछि थ्रेट भएका नेताहरुको सुरक्षालाई थप मजबदु पार्ने, प्रमुख नेताको निवास, बैठकस्थलसहितका कार्यक्रमस्थलमा सतर्कता बढाउने निर्णय गरिएको छ ।
–जनआस्था साप्ताहिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses