संजय दत्तलाई फेरि जेलबाट छुट्टी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस






भदौ, 2072  |  11:41 AM
मुम्बई, भदौ ९ । बलिउड अभिनेता संजय दत्तले फेरि जेलबाट छुट्टी पाएका छन् । उनलाई एक महिनाका लागि छुट्टी दिइएको हो ।


भारतीय संचारमाध्यमका अनुसार संजयले गत जुन महिना मै छुट्टीका लागि निवेदन दिएका थिए । छोरीको स्वास्थ्योपचारको कारण दर्शाउँदै उनले छुट्टी मागेका हुन् । हालै उनलाई ३० दिनका लागि छुट्टी दिने निर्णय भएको हो ।
केही दिनमा औपचारिकता पुरा गरी उनलाई घर जान अनुमति दिइने जनाइएको छ । समाचार एजेन्सीहरुका अनुसार ३० दिनको छुट्टीलाई अर्को ६० दिनसम्म लम्ब्याउन सकिन्छ । यस हिसाबमा संजय आगमी तीन महिनासम्म जेल बाहिर रहन सक्ने जनाइएको छ ।
सन् २०१३ मा जेल सजाय पाएका संजयले हालसम्म १४६ दिन जेलबाट छुट्टी पाइसकेका छन् । बारम्बार उनलाई जेलबाट छुट्टी दिइएको विषयमा विरोधसमेत हुने गरेको छ । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

,

0 comments

Write Down Your Responses