नागासाकीका ८६ बर्षे बृद्ध भन्छन् –‘अणुबम खस्दा साइकलमा कुदिरहेको थिए’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नागासाकी । सन् १९४५मा अमेरिकी अणविक आक्रमण परेका जापान नागासाकीका ८६ वर्षीय समेटोरी तानिगुची अणुबमको छर्रा लागेको खिनौटो शरीरका साथ वाँचिरहेका छन् ।
उनी मात्र हैन अगष्ट ९ को दिनलाई जापानीहरु कहिल्यै बिर्सन सक्दैनन् । त्यस भध्ये अझ ८६ वर्षे बृद्धा समेटेरी तानिगुचीको मानस्पटलमा ७० बर्ष पहिलाको त्यो घटना ताजै छ ।
७० वर्षअघिको त्यो दिन सडकमा साईकल कुदाइरहँदा एक्कासी उनी केहि मिटर पर पुगेर पछारिए । पछि थाहा भयो उनको शरिरको पछिल्तिर छाला लगभग कत्ति पनि थिएन । बाँकी रगतमात्रै बगिरह्यो । हो, त्यही दिन सन् १९४५ अगष्ट ९ को दिन ।
अमेरिकाले जापानको नागासाकीमा दोस्रोपटक गरेको आणविक हमलामा परी घाइते भएका दशौँ हजार घाइतेमध्ये एक गम्भीर घाइते हुन् तानिगुची । जहाँ ७० हजारभन्दा बढि जापानीहरुले अनाहकमा ज्यान गुमाउनुप¥यो ।
तर, त्यसको केहि दिनअघि मात्रै अमेरिकाले नै गरेको पहिलो हमला र नागासाकी गरी २ लाख २६ हजारको ज्यान गएको थियो ।
१६ वर्षको उमेरका थिए तानिगुची । जीन्दगीको भर्भराउँदो समयमा बम हमलामा परी गम्भीर घाइते भएका उनले हमलाको ७० वर्षे बल्झाइमा आफ्ना पुराना दिनहरु सम्झे । भन्छन्, ‘यस्तो अरु कसैले कहिल्यै पनि भोग्नु नपरोस् ।’
घाइते भएपछिका २१ महिना त उनी उभिएर बस्नसक्ने अवस्थामा नै थिएनन् । सुतिरहे ओछ्यानमा । त्यो पनि पेटको भागलाई ओछ्यानमा अड्याएर सुतिरहे लगातार २१ महिनासम्म । त्यसो त, देब्रे पट्टीको पाखुरा पूर्ण रुपमा हलचल गर्नै सक्दैनन् उनी । छाति र पाखुरामा अझै दुखाइ पूर्ण रुपमा हटेको छैन । यद्यपी, दुखाइ कम होस् भनेर उनकी श्रीमतिले हरेक विहान मालिस गर्दैआएकी छिन् ।
उनको छाति र पाखुरा यति पातलो र कमजोर देखिन्छन् कि मानौँ उनका शरिरमा हाड र छाला मात्रै टांसिएर अडिएको छ । उनी शक्तिहिन, क्षिण वा अति कमजोर देखिन्छन् । तै पनि यो ७० वर्षे इतिहासलाई उनले संघर्षको यात्रा बनाए । र एउटा अभियानमा छन् अचेल तानिगुची ।
यी दिनहरुमा उनी सामुहिक रुपमै आणविक बम उत्पादनको बिरोध गर्दैआएका छन् । आफ्ना शरीरका भाग देखाउन फुकालेको कपडा लगाउदै उनी भन्छन् ‘ म आणविक बम सधैका लागि बन्द भएको हेर्न चाहन्छु । ’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses