पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजा बनाउन ज्ञानेन्द्र सक्रिय
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजा बनाउन ज्ञानेन्द्र सक्रिय भएको कुरामा सहमत हुनुहुन्छ कि हुनुहुन्न ?????? हुनुहुन्छ भने शेयर गर्न नभुल्नुहोला !!!! हुनुहुन भन्ये पनि शेयर गर्न नभुल्नुहोला!!!!!
काठमाडौं, ९ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया कम्यूनिष्ट पार्टीका नेताहरुसँग पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गरेका छन् । नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्। हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका गरिएको छ। पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ। अति गोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिइ आफूमात्रै भ्रमणमा गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन्।‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने। थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ति कर्मचारीले भने,‘केही निचोड निस्किएपछि मात्रै उहाँ नेपाल आउने सम्भावना छ।’ १२ वर्ष पुगेका नाती हृदयेन्द्रको पक्षमा लबिङ गर्न भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र र हिमानीले नेपालको पछिल्लो अवस्थाबारे पनि त्यहाँको उच्च स्रोतलाई जानकारी गराएका थिए।
पूर्वराजाले भारतमा उच्च तहको भेटघाट गरेका थिए। नेपालबाट भारत प्रस्तान गर्दा राजनीतिक रूपमा चहलपहल हुने भएकाले उनी थाइल्याण्डबाट सुटुक्क भारत गएका थिए। अति गोप्य राजनीतिक भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए। करिब एक साता अघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फकिएको नेपाल समाचारपत्रमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses