चाणक्य नीति अनुसार यस्ता कन्या संग विवाह गर्दा जीवनमा सधै सफल भइन्छ !
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
August 23, 2015
भदौ ६ । धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवाहाको बिषयमा आफ्नो गहिरो विचार दुनियाको सामु राखेका थिए । आचार्यका अनुसार विवाह जीवनको एक महत्वपुर्ण अंग हो । विवाह पछि नै पति/पत्नी र उनीहरुको परिवारको जीवन बदलिएको हुन्छ । त्यसैले आफुले विवाह गर्ने व्यक्तिसँग सावधानी राख्न जरुरि हुन्छ । आजको समएमा पुरुषहरुले विवाह गर्दा सुन्दर महिलाहरुलाई छान्ने गर्दछन् । राम्रा महिलाहरु नै सर्वगुण सम्पन्न हुन्छन् भन्ने होइन । त्यसैले कस्तो प्रकारका महिलासँग विवाह गर्नुपर्छ भन्ने विषयमा चाण्क्यले आफ्ना धारणाहरु प्रस्तुत गरेका छन् । जान्नुहोस् :
चाण्क्यको मान्यता थियो कि, उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका नारिहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा भएपनि उनीहरुसँग विवाह गर्नु उत्तम हुन्छ । कन्याको गुण र स्वभावले नै परिवारलाई अगाडि बढाउँछ भन्ने उनको आधार थियो । विवाह गर्दा पुरुषले महिलाको बाहिरी सुन्दरता हेर्नु भन्दा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ भन्ने कुरा चाणक्य नीतिमा उल्लेख छ । यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग विवाह गर्नुको कुनै अर्थ हुदैन । कुनै कन्या कुरुप भएपनि उनि संस्कारी छिन् भने उनीसंग विवाह गर्नु नै सबै भन्दा उत्तम हुने कुरा चाणक्य नीतिमा उल्लेख गरिएको छ ।
चाणक्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन् । जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न । एजेन्सी ।
0 comments
Write Down Your Responses