६ भदौ, रुकुम ।
रुकुम टुक्र्याएको बिरोधमा भएको एकिकृत रुकुम संघर्ष समितीले थालेको आन्दोलनको १५औं दिन रुकुममा स्थिती तनावग्रस्त बनेको छ ।
बिशेष समितीको सिमांकन सम्बन्धी पछिल्लो निर्णयमा पनि रुकुमलाई बिभाजन गरिएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी नायव उपरिक्षकको निजि निवास र एकिकृत माओबादीको कार्यालयमा ढुंगामुडा प्रहार गरेका छन् ।
प्रर्दशनकारीलाई नियन्त्रण गर्न प्रहरीलाई निकै कठिनाई भएको थियो । ढुंगा प्रहारबाट कुनै क्षति नभएपनि प्रहरीलाई भिड नियन्त्रणमा समस्या भएको थियो । प्रदर्शनमा प्रहरीको भने कुनै हस्तक्षेप नभएको एकिकृत रुकुम संघर्ष समितीका सहसंयोजक शुवोध सेर्पालीले बताए । रुकुमका गाँउ गाँउबाट स्थानियले लाठी बोकेर सदरमुकाम आएका छन् ।
एकिकृत रुकुम संघर्ष समितीले सिंगो रुकुमलाई प्रदेश नं ५ मा राख्न संबिभान सभालाई २४ घण्टे अल्लीमेटम दिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम मार्फत संबिधान सभाका अध्यक्ष, संबैधानिक राजनितिक संवाद तथा सहमति समिती र प्रधानमन्त्रीलाई २४ घण्टे अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएको छ । यदि माग सम्बोधन नभए संघर्ष कडा हुने बताएको छ ।
यसै गरी रुकुम टुक्र्याएको बिरोधमा एकिकृत रुकुम संघर्ष समितीले गरेको अनिश्चितकालिन आम हड्ताललाई सर्मथन गर्दै रुकुमका स्थानियले सदरमुकाममा नाकाबन्दी गरेका छन् । सदरमुकाममा भित्रिने तरकारी, दुध तथा बिभिन्न खाद्य बस्तुमा रोक लगाएका छन् । सिंगो रुकुम प्रदेश नं ५ मा नराख्दा सम्म पुरै नाकाबन्दी गरिने स्थानियले बताएका छन् । स्थानियहरु स्वत स्र्फुत रुपमा प्रर्दशनमा उत्रिएका छन् ।
यस्तै आइतबार रुकुमका सरकारी कार्यालय पुर्ण रुपमा बन्द रहेका छन् । सरकारी कर्मचारी पनि सडकमा उत्रिएपछि कार्यालय बन्द रहेका हुन् । शनिबार साँझ सदरमुकाम लगाएत गाँउ गाँउमा स्थानियले राँके जुलुश प्रदर्शन गरेका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses