.नेपाली सेना र आन्दोलनकारी विज झडप हुदा सेनाको गोली लागेर प्रदर्शनकारीको मृत्यु
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
८ भदौ, गौर ।
कैलाली घटना सेलाउन नपाउँदै रौतहटको राजधानीमा पनि आन्दोलन हिंसात्मक बन्ने संकेत देखिएको छ । गौरमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी युवकको मृत्यु भएपछि अवस्था तनाग्रस्त हुने संकेत देखिएको हो ।
प्रहरीको गोली लागी गोली लागि घाइते भएका २० वर्षीय राजकिशोर ठाकुरको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।
सोमवार अबेर साँझ सम्म पनि रौतहट सदरमुकाम गौरको अवश्था सामान्य नभए पछि राति १० बजे स्थानिय प्रशासनले रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
सोमवार दिउसो प्रर्दशनकारी र प्रहरी बिच झडप भएको घटनालाई मध्य नजर गर्दै अति नै संवेदनशिल मानिएको गौर नगरपालिका क्षेत्र सँगै गौर चन्द्रनिगाहपुर सडकखण्डको ४२ किलोमिटर दायाँ बायाँ एक किलोमिटर क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
दंगाग्रस्त क्षेत्र घोषणा गरे पछि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्र भित्र ५ जना भन्दा बढी व्यतिलाई सँगै घुम्नमा बन्देज लगाएको छ भने सार्वजनिक सुरक्षा ऐन २०४६ अन्तर्गत नजरबन्द गरेर राख्ने, शँकास्पद व्यतिलाइ विना पक्राउ पूर्जि नियन्त्रणमा लिने, कुनै सार्वजनिक क्षेत्रमा हुलदंगा, आगजनी, तोडफोड, सभा गरेको देख्ने वितिकै प्रशासनले गोलि समेत हान्ने लगायतका अधिकार सुरक्षाकर्मीलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
हिजो बेलुका प्रशासनले कर्फ्यू लगाएको घोषणा गरे पनि प्रदर्शनकारी र सुरक्षाकर्मी बिचको झडप अबेर साँझ सम्म चलेको थियो । कर्फ्यू जारी रहेकै बेला सुरक्षाकर्मीलाई अश्रुग्यास पुर्याएको भन्दै प्रदर्शनकारीहरुले बा३च ८६३ नम्बरको एम्बुलेन्सलाई आगो लगाएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses