२०७१ चैत १४ गते
- राजकुमार श्रेष्ठ (बीबी)
घटनाको यथार्थता भन्दा पनि एकपक्षीय ढंगवाट गरिएको निर्णयले जीवन विकलाई कानुनी कारबाही त गर्ला, तर हजारौँ जीवन बिकहरु जन्मिरहनेछन् । यस घटना घट्नुका प्रमुख कारक तत्वमा नपुगी गरिएको निर्णयले घटनालाई निराकरण गर्नेतर्फ होइन, झन् जातिय वैभव, भेदभाव र वदलाको स्थिति सृजना गर्दछ ।
२१ औँ शताव्दीसम्म आइपुग्दा पनि जातिय विभेद कतिसम्म रहेछ भन्ने कुराको पर्दाफास एसिड काण्डले देखाएको छ । तल्लो जात हुनुको पीडा कतिसम्म हुने गर्दछ भन्ने कुराको आक्रोश जीवनको व्यवहारले पुष्टि गर्दछ । तथापि जीवन बिकको यो कर्म क्षमा लायक छैन, यद्यापि संगिता पुलामी मगरले गरेको व्यवहारको बारेमा पनि सोच्न वाध्य वनाइदिएको छ ।
यहाँ हरेक विषयमा समानता र अधिकार खोजिरहँदा वर्षौँ देखि उत्पीडित हुँदै आइरहेको जातिय विभेदलाई अन्त्य तथा निर्मल गर्नका लागि सरोकारवाला पक्ष गम्भीर देखिँदैन । घटनाको एकपक्षीय अवस्थालाई मात्र मूल्यांकन गर्दा जीवनका बारेमा विभिन्न टिकाटिप्पणी भएता पनि सारमा दुवै पक्षको विषयलाई समदूरीमा राखेर मुल्यांकन गर्दा संगीताले जीवन बिक माथि गरिएको अन्याय अत्याचारलाई पनि कम आँक्न सकिदैन । आफूलाई मन पर्दा माया गर्ने संगिताले जीवन तल्लो जातको भन्ने कुराको अवगत हुनासाथ आफनो प्रेमलाई नै तिलाञ्जली दिई समाजको उच्चवर्गको दर्जामा आफैलाई प्रस्तुत गर्नु दुःखद हो । अझ जीवन र जीवनको परिवारमाथि गरिएका भनिएका आक्रमण, बेइज्जतीले सिगों समाजको वर्तमान परिप्रेक्ष्यको उजागर गरेको पाइन्छ । जीवनले एसिड आक्रमण गरेर जति ठूलो गल्ती गरेको छ त्यति नै ठूलो गल्ती पर्दा पछाडि बसेर संगिताले जीवन विक र उनको परिवार मात्र नभई कथित तल्लो जातमाथिको अपहेलना गरेको कुरा लाई छोप्न मिल्दैन । लेखक
विश्वकर्मा हुनु जीवनको के गल्ती थियो ? के विश्वकर्मा वा समाजका कथित तल्लो जातजाति मानव जातिको वर्ग भित्र पर्दैनन ? के समाजको उपल्लो जातको थिचोमिचो समाजका तल्लो जातले सँधै सहेर, अपमानित भएर बाँचिरहन पर्ने हो ? के तल्लो जातका ब्यक्तिहरु सँधै उपल्लो जातको दास र दोश्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने हो ? संगिता पुलामी मगर जीबन विकलाई माया गर्ने कुरा निजको भाईले पनि सकारेको सन्दर्भमा जातपातका आधारमा घृणा र हेलत्य गर्ने कुरा कहाँ सम्मको जायज हुन्छ ?
एसिड काण्ड जब भयो, त्यसपश्चात विभिन्न समुदायले त्यसको विरोधमा विभिन्न नारा जुलुस र कार्यक्रमहरु गरे । तर जब जीवन पक्राउ र उनको बयानपछि जीवनमाथि भएका अन्याय, अत्याचार र अमानवीय व्यवहारको विरुद्धमा कुनै आवाज सुनिएन । घटनाको प्रमुख कारण जातिय विभेद नै भएको कुरा प्रहरीको अनुसन्धानले नै पुष्टि गरिसकेपछि यो जातिय बैभवका वारेमा किन कुनै स्वरहरु उच्चारण भएनन् ?
शुशिल, व्यवहारिक र सम्भाव्यता बोकेका जीवन बिकलाई ‘अपराधी जीवन बिक’ वनाउने कुरामा संगिता पुलामी मगर र उनको परिवारको केही भुमिका नै रहेन त ? के यसको बारेमा उचित छानविन गरि यथार्थता वुझेर जीवन बिकको अपराधलाई क्षमान्मुख, वा कम सजाय दिने कुरामा सरोकारवाला बोल्नुपर्दैन ? के सम्पूर्ण दोषको भागिदार जीवन बिक मात्र हो भनेर भन्न सकिने आधार मात्र छन् यो काण्डमा ? होइन भने निष्पक्ष छानबिन गरि भैसकेको अपराध र गलत कर्मलाई सुधार्नतर्फ के हामी सबै लाग्नु पर्देन ? उच्च जात भइरहँदासम्म माया गर्ने संगितालाई निच जात भएको भन्दै हेय, अपहेलना र तुच्छ व्यवहार गरी आत्मसम्मानमा नै ठोस पुर्याउने छुट कसले दियो ? घटनाको यथार्थता भन्दा पनि एकपक्षीय ढंगवाट गरिएको निर्णयले जीवन बिकलाई कानुनी कारबाही त देला, तर हजारौँ जीवन बिकहरु जन्मिरहनेछन् । यस घटना घट्नुका प्रमुख कारक तत्वमा नपुगी गरिएको निर्णयले घटनालाई निराकरण गर्ने तर्फ होइन, झन् जातिय बैभय, भेदभाव र वदलाको स्थिति सिर्जना गर्दछ । विषयवस्तुको गाम्भिर्यताले समाजको यथार्थतालाई नै चुनौती दिएको पाइन्छ । तल्लो जाति हुनुको पीडा यो एसिड काण्डले दर्शाएको पाइन्छ ।
उच्च जात भइरहँदासम्म माया गर्ने संगिता पुलामी मगरलाई निच जात भएका कारण जीवन र उनको परिवारमाथि आक्रमण गर्ने, गाली बेइज्जती गर्ने, हेय, अपहेलना र तुच्छ व्यवहार गरी आत्मसम्मानमा नै ठोस पुर्याउने अधिकार कसले दियो ? के उच्च जात हुँदैमा तल्लो जातिमाथि जो कसैलाई पनि भौतिक आक्रमण, दुव्र्यवहार र हेला गर्ने अधिकार हुन्छ र ?
देशको राजधानी काठमाडौँ यस्ता कथित उपल्लो जात भनाउँदाले तल्लो जातका व्यक्तिहरुमाथि यति सम्म निच, अभद्र, समान्ति व्यवहार गर्छन् भने दुरदराजमा भएको तल्लो जातिविशेषको पीडा कसले बुझिदिने ? तल्लो जात हुनुको परिमाण तल्लो जातिलाई थाहा हुन्छ ।
विश्वव्यापीकरणको यो दुनियाँमा अझै पनि जातिय विभेद गरिनुलाई समान्य रुपमा हेर्न सकिँदैन । देशका जुनसुकै भागमा पनि काम गरेर खान पाउनुपर्ने मानिसको नैसर्गिक अधिकारलाई आत्मसात गर्न नसक्ने र उच्च जात हुँदासम्म माया गर्ने र निच जात भएको थाहा पाउने बित्तिकै घृणा र अपहेलना गर्ने संगिताहरुको कथित माया सच्चा मायालुहरुको लागि खिल्ली बनेको छ । तल्लो जात हुनुका कारण अपहेलित हुने, कुटाई खाँदा पनि सहनुपर्ने मानवीय मुल्य मान्यताभित्र किञ्चित पर्दैन । जब मानिसलाई अन्तर आत्माबाट नै गिरेको महसुस हुन्छ, दोश्रो दर्जाको नागरिकको प्रत्याभुति हुन्छ तब हरेक कुरा समान्य लाग्नु र प्रतिक्रिया देखिनु असमान्य होइन । मन पर्दासम्म माया गर्ने र मन नपरेपछि विभिन्न प्रकारका लाञ्छना लगाउने परिपाटीको विकास भइरहेको सन्दर्भ संगिताको यो व्यवहारले थप पुष्टि गर्दछ । यदि संगिता पुलामी मगरमा खोट थिएन, गल्ती थिएन भने घटना भएको २ हप्तासम्म पनि उनले जीवन विकको नाम लिन नसक्नुले नै घटनाको गाम्भीर्यता पुष्टि गर्छ । आफू र आफूलाई जन्मदिने बाबुमाथि चोक–चोकमा नै भौतिक आक्रमण हुँदा हरेक ब्यक्तिमा बदलाको भावना जागृत हुनु अस्वभाविक हुँदैन । व्यवहारिक, मिलनसार, पढाईमा मिलनसार, तल्लो जातको भएता पनि महान विचार बोकेको, जीवनमा केही गर्नुपर्दछ भन्ने सम्भावना वोकेको व्यक्तिलाई आज त्यो अवस्थामा पु¥याउने संगिता पुलामी मगर पनि दोषी रहेको कुरामा दुविधा पाउन सकिँदैन ।
जिन्दगीमा केही नयाँ कर्म र सरकारी सेवा गरी देश र समाजमा केही सकारात्मक कर्म गर्ने सोच भएका जीवन विक अन्ततः कहिल्यै निस्कन नसक्ने गरी भुमरीमा परेका छन् । जीवन विकले गरेको उक्त कर्म क्षमायोग्य नभएता पनि त्यस घटनाका कारकतत्वको नजिक पुगेर समाधानतर्फ लाग्नु नै सवैभन्दा श्रेष्ठतम उपाय हुन आउँछ । घटनाका प्रमुख तत्वलाई निराकरण नगरी गरिएको कर्मले अपराधलाई निराकरण गर्ने होइन, झन वढवा दिने कुरामा कुनै शंका छैन । जीवनमा जब कमजोर, घृणा, अपहेलनाको महसुस हुन्छ, त्यसको परिणाम नै हो यो एसिड काण्ड । जीवन विकमाथि जातिय विभेद र हेलत्व नभए सायद यो घटना घट्ने थिएन । भइसकेको घटनालाई सकेमा माफी दिई नभए कम कारबाही गरि यो समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses