मध्यरातमा एकसाथ भारत फर्किए बिराट र अनुष्का
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी : विश्वकप क्रिकेटको सेमिफाइनलमा हारेपछि भारतीय क्रिकेट टिम शुक्रबार राति ११ बजे घर फर्केको छ । भारतीय टिमसँगै बलिउड नायिका अनुष्का शर्मा पनि भारत आइन् । उनी आफना प्रेमी बिराट कोहलीसँगै भिआईपी गेटबाट बाहिर निस्किन् ।
एयरपोर्टबाट विराटसँगै पूरै टिम बसमा होटल तर्फ गयो । तर होटल पुगेपछि बिराट अनुष्कासँगै मुम्बर्इस्थित अनुष्काको घरमा गए । भारतीय टिमका स्टार ब्याट्सम्यान बिराट कोहली उनकी प्रेमिकमा अनुष्का शर्मा अस्ट्रेलियाविरुद्द बिराटको फ्लप पारीका कारण क्रिकेट फ्यानको निशानामा परेका थिए ।
विश्वकपको सेमिफाइलमा बिहीबार अस्ट्रेलियाबाट पराजित भएपछि सामाजिक सञ्जालमा अनुष्का शर्मा र बिराट कोहलीविरुद्द लाखौंले आफ्ना धारणा र फोटो पोस्ट गरेका थिए । भारतीय क्रिकेटका अधिकांश फ्यान बिराट कोहलीको खराब प्रदर्शनका लागि अनुष्कालार्इ जिम्मेवार ठान्छन् ।
अस्ट्रेलियाविरुद्दको सेमिफाइनल खेलमा बिराटले अस्ट्रेलियाको पारीका क्रममा एक क्याच छोडेका थिए भने भारतको पारीमा उनी एक रनमै आउट भएका थिए ।
त्यसपछि अनुष्का र बिराटविरुद्द क्रिकेट फ्यानले सामाजिक सञ्जालमा आगो ओकलेका थिए । बलिउडका कलाकार कलम आर खानले अनुष्का शर्माको घरमा ढुंगा हान्ने आग्रह गरेका थिए । कमलले अनुष्कालार्इ देशकै आपतको संज्ञा दिनसमेत भ्याए ।
अनुष्का र बिराटको पक्षमा बलिउड
अनुष्काको सामाजिक सञ्जालमा विरोध भइहरँदा बलिउड भने उनको पक्षमा उभिएको छ । बलिउडका हिरो सलमान खानले सेमिफाइनलमा हारेपछि बिराट कोहलीलार्इ फोन गरेर फ्यानको आलोचनातर्फ ध्यान नदिन सुझाव दिएका थिए ।
अभिनेत्री सुष्मिता सेनले ट्वीट गरेर खेलमा हार जीत भइहरने जनाउँदै कुनै खेलाडीलार्इ यसमा जिम्मेवार नठान्न आग्रह गरिन् । उनले भारतले फेरि विश्वकप जित्ने विश्वास पनि गरिन् ।
टेनिस स्टार सानिया मिर्जाले बिहीबार ट्वीट गर्दै बिराट कोहलीको खराब फर्मका लागि अनुष्कालार्इ दोषी ठहर्याउनु नाजायज भएको टिप्पणी गरिन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses