नयाँ खुलासा- १५ वर्षमै यौनसम्पर्क गर्छन् नेपाली किशोरी
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
फागुन २८ गते
काठमाडौं । नेपालमा १५ वर्षकै उमेरमा किशोरीहरुले यौनसम्पर्क गर्ने गरेको सरकारी अध्ययनले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अध्ययनले नेपालका १६ प्रतिशत महिलाले १५ वर्षमै पहिलोपटक यौनसम्पर्क राख्ने गरेको तथ्य पत्ता लागेको हो ।
सर्वेक्षण प्रतिवेदनले महिलाहरुको कम उमेरमै विवाह हुने गरेकाले १५ वर्षको उमेरमै १६ प्रतिशत महिलाले यौनसम्पर्क राखिसकेको र पुरुषहरुको हकमा भने दुई प्रतिशत पुरुषले मात्र १५ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क राख्ने गरेको देखाएको छ ।
यसैगरी, १८ प्रतिशत महिलाको विवाह १५ वर्षको उमेरमा नै हुने गरेकाले पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको प्रतिशत सानो उमेर देखिएको छ ।
सरकारले विवाहवारी वीस वर्ष पारी भनेर कार्यक्रम चलाएको धेरै वर्ष भएपनि अझै पनि आधाभन्दा बढी महिलाको विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले हरेक पाँच वर्षको अवधिमा जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ ।
सन् २०११ मा गरिएको यो अध्ययनले ५४ प्रतिशत महिलाले १८ वर्षको उमेरमा र ७२ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राखिसकेको पनि देखाएको छ । यसैगरी पुरुषमा भने २५ प्रतिशतले १८ वर्षको उमेरमा र ४५ प्रतिशतले २० वर्षको उमेरमा पहिलो यौनसम्पर्क राख्ने गरेको देखाएको छ । ‘पहिलोपटक यौनसम्पर्क राख्ने महिलाको औसत उमेर १७.७ वर्ष रहेको छ भने पुरुषको औषत उमेर २०।५ वर्ष रहेको छ’ प्रतिवेदनमा भनिएको छ । अध्ययनले पुरुषको तुलनामा महिलाको विवाह सानै उमेरमा बढी हुने भएकाले पहिलो यौनसम्पर्कको उमेरमा फरक परेको जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses