‘महाभूकम्पपछि काठमाडौं उपत्यका डेढ मिटर दक्षिण सर्‍यो, उचाइ पनि बढ्यो’
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, वैशाख २३ 

गत वैशाख १२ गतेको महाभूकम्पपछि काठमाडौं उपत्यका डेढ मिटर दक्षिण सरेको छ । नापी विभागले बुधबार पत्रकार सम्मेलन गरी भूकम्पपछि काठमाडौं उपत्यका डेढ मिटर दक्षिण सरेको जानकारी दिएको हो ।

विभागले काठमाडौं उपत्यकाको थोरै भाग पश्चिमतिर सरेको पनि जानकारी दिएको छ । भूकम्पपछि उपत्यकाको उचाइ पनि बढेको विभागले जनाएको छ । विभागले ७० देखि ८० सेन्टिमिटरसम्म काठमाडौं उपत्काको उचाइ बढेको अनुमान गरेको हो ।

त्यसमध्ये सबैभन्दा बढी भक्तपुर नगरकोटको उचाइ बढेको विभागले जनाएको छ । नगरकोट, लतितपुरको फुल्चोकी र  लाखेडाँडा, काठमाडौंको स्वयम्भू र नुवाकोटको कुमरीडाँडाको नियन्त्रण बिन्दूलाई आधार बनाएर जीपीएस प्रविधिबाट यो अध्ययन गरिएको हो ।

नापी विभागका भूगर्भविद् निरज मानन्धरले केही वर्षयता इन्डियन प्लेट लगातार दुई सेन्टिमिटर दक्षिणतिर सरिरहेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताए ।

उपत्यका दक्षिणतिर सरे पनि जग्गाको स्वामित्व र नेपालको नक्सामा परिवर्तन नहुने पनि विभागले स्पस्ट पारेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses