तपार्इको राशिफल हेर्नुस् २०७१ साल फागुन २९ गते
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राजनीतिक अन्तद्र्वन्द्वको सामना गर्नुपर्नेछ। सामाजिक कार्यमा तर्कवितर्क बढ्नेछ। कार्यव्यस्तताले मानसिक थकान बढाउला।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफन्तको सहयोगले शत्रु परास्त हुनेछन्। अध्ययनमा सफलता मिल्नेछ। आम्दानीमा मन्दी आउनाले मन विचलित रहनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
सांगीतिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्य थालनीका सम्भावना बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
न्यायिक कार्यमा बाधाउत्पन्न हुनाले मन अशान्त रहनेछ। अध्ययनअध्यापन सामान्य रहला। प्रेमीप्रेमिकाको सम्बन्धमा प्रगाढता आउनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको प्रशस्त सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। आयआर्जनमा अवरोध आउने देखिन्छ। रमाइलो यात्राको अवसर मिल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ। रोजगारीमा पदोन्नतिको अवसर प्राप्त होला। स्वास्थ्यसम्बन्धी समस्याले सताउला। मन चञ्चल हुनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आर्थिक क्षेत्रमा लगानीको अवसर प्राप्त होला। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक पदप्रतिष्ठामा सुधार आउनेछ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। मनोरञ्जनपूर्ण यात्राले मन प्रसन्न रहला। साथीभाइको सहयोग प्राप्त हुनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आध्यात्मिक क्षेत्रमा सहभागिताको अवसर मिल्नेछ। व्यापारव्यवसायमा अवरोध आउनसक्छ। सूचना आदानप्रदानले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
रोगबाधक क्षमतामा वृद्धि हुनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। यात्रा गर्दा सावधान रहनुहोला। बोलीको प्रभाव बढ्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कूटनीतिक कार्यमा उल्झनको सामना गर्नुपर्ला। समाजमा यश बढ्ने देखिन्छ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
राजनीतिमा दायित्व बढ्नेछ। जागिरमा विवाद उत्पन्न हुनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण कार्य सफल हुनेछन्।
0 comments
Write Down Your Responses