पाँच लाख रुपैंयामा मिलाईयो भरतपुर अस्पतालका डाक्टरको यौनकाण्ड
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२०७१ चैत १४ गते
चितवन, १४ चैत । चितवनको भरतपुर अस्पतालका चिकित्सकको यौनकाण्ड विवाद पाँच लाख रुपैंयामा मिलेको छ ।


चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा विजय पौडेलले आफूमाथि लागेको यौनकाण्ड पाँच लाख रुपैंयामा मिलाएको स्रोतले बताएको छ। उनीमाथि सोही अस्पतालमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । गत आइतबार राति मादक पदार्थ सेवन गरी प्रशासनमा कार्यरत महिलालाई उनले यौन दुर्व्यवहार गरेको खुलासा भएपछि अस्पतालमा तनाव भएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नै यौनकाण्डमा मुछिएपछि भरतपुर अस्पतालको सेवा प्रभावित नै भएको थियो भने अस्पतालका डाक्टर तथा कर्मचारीहरु पक्ष र विपक्षमा विभाजित भएका थिए ।
अस्पतालका विभिन्न कर्मचारी सघसंगठनले समेत कारबाहीको माग गरेपछि डाक्टर पौडेलले पीडित महिलालाई पाँच लाख रुपैंया दिने आश्वासनसहित यो विवाद सल्टाएका हुन् ।
डा पौडेलमाथि यसअघि पनि अन्य महिला कर्मचारीलाई यौन दर्व्यवहार गरेको आरोप छ । उनले जागिरबाट हटाइदिने भन्दै पीडित महिलाहरुलाई धम्काउने गरेका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

0 comments

Write Down Your Responses